Friday, April 26, 2024
Homebreaking-newsबनगाडमा वर्थिङ सेन्टर

बनगाडमा वर्थिङ सेन्टर

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १५ असार । बनगाड कुपिण्डे नगरपालिका १२ निगालचुलामा एक कार्यक्रमका बीच वर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । वडा अध्यक्ष गोविन्द डाँगीले शुक्रबार एक कार्यक्रमका बीच वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।
नगरपालिकाको विकट वडामा वर्थिङ सेन्टरको उद्घाटन गर्दै वडा अध्यक्ष गोविन्द डाँगीले महिला र नवजात शिशुको स्वास्थ्यमा वर्थिङ सेन्टरले सकारात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गरे ।
सुरक्षित नहुँदा अकालमा महिलाले ज्यान गुमाउने पर्ने अवस्थाबाट वडाबासीले मुक्ति पाउने उनको भनाइ छ । नजिकै वर्थिङ सेन्टर गर्भवती महिलाहरु जिल्ला अस्पताल, सल्लीबजार सुर्खेतको मेहेलकुना जानुपर्ने बाध्यता रहेको थियो भने केही गर्भवती महिला घरमै सुत्केरी हुँदै आइरहेका थिए ।
आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको स्वास्थ्य चौकीले अब प्रसूति सेवासमेत प्रदान गर्ने वडा अध्यक्ष डाँगीको भनाइ छ । स्वास्थ्य चौकीमा सेवा सुरु भएसँगै मातृ र शिशु मृत्युदर कम भएको, शून्य होम डेलिभरीलाई पनि जोड दिइएको डाँगीले बताए । नगरपालिकाले भर्खरै करारमा अनमीको व्यवस्था गरेपछि वर्थिङ सेन्टर सुरु भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here