Sunday, April 21, 2024
Homebreaking-newsशनिबार थप २० जनामा कोरोना

शनिबार थप २० जनामा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १४ असार । दाङमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परिक्षण गर्दा घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र बबई गाउँपालिकाका थप २० जनामा कोरोना पुष्टि भएको हो ।
घोराही उपमहानगरपालिकाको आइसोलेसनमा बसेका २७ जनाको परिक्षण गर्दा ११ जनाको पुनः पोजेटिभ र १६ जनाको रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए ।
शनिबार कोरोना पुष्टि हुनेहरूमा बंगलाचुली वडा नं ५ का एकजना वडा नं ६ का एकजना, त्यसैगरी बबई गाउँपालिका वडा नं ३ का एकजना, घोराही उपमहानगरपालिका वडा नं ९ का १, वडा नं ४ का १६ जना रहेका छन् । संक्रमण पुष्टि भएकाहरू १७ वर्षदेखि ५२ वर्षसम्मका रहेका छन् ।
यसैगरी प्रतिष्ठानमा परिक्षण भएका रोल्पाका १, कपिलवस्तुका ७ जनामा पनि कोरोना पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार यो सँगै दाङमा संक्रमितको संख्या ४७० पुगेको छ ।

१२ हजार नाघ्यो संक्रमण

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ हजार नाघेको छ । शनिबार मात्र ५ सय ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ५ सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो ।
मन्त्रालयका अनुसार शनिबार मात्र १ सय २० महिला ४ सय ३४ पुरूष गरी ५ सय ५४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितमध्ये १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरूष छन् । नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ ।
यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मृतक संख्या २८ पुग्यो

यसैबीच नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शनिबार बिहान कैलालीको गोदावरी नगरपालिका–७ घर भई चितवनमा उपचार गराइरहेका ५० वर्षीय पुरूषको मृत्यु भएको हो । फोक्सोको क्यान्सरबाट पीडित पुरूष भारतमा उपचार गराएर नेपाल आएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here