Saturday, April 27, 2024
Homebreaking-newsमेरो स्कुल

मेरो स्कुल

- Advertisement -spot_img

पहिले पढ्न छोडेर
यही स्कुलबाट भागेर मुग्लान छिरेको म
फेरी मुग्लानबाट घर आए
घरमा बस्न नपाई पुनः स्कुल पठाइयो
भर्ना भएर होइन
कोरोनाको सजाय काट्न क्वारेन्टाइनमा
बुढापाखाले भन्थे पृथ्वी गोलो छ,
हो रै’छ
डर त्रास र कोरोनाको कहरमा
तर अन्यत्र छैन मात्र छ यो क्वारेन्टाइनभित्र
जहाँ म जस्तै धेरै छौं त्रासमा छौं
जो मुग्लानी हांै
कोरोना परिक्षण नगरेरै घर पठाइन्छ
तीन दिनपछि पोजेटिभ भनेर
अपराधी झै पकडेर ल्याइन्छ
घर जा भन्छ, अनि फेरी छोपेर ल्याउँछ
बिरामी छ कोही
बडेबडे अस्पतालले भर्ना गर्दैन
कोरोना अस्पतालले कोरोना मात्र खोज्छ
बाहिर लादा बाटोमै मृत्यु हुन्छ
रिपोर्ट कोरोना देखिन्छ ।
कस्तो नाटक भैरहेको छ यहाँ
तर
म भागेर बुवा कतै जाँदैन
पछि–पछि त्यही स्कुलमा भर्ना हुन्छु
कोरोनाको डाक्टर बन्छु
अनि बुझाउनेछु
कोरोना यो समाजलाई
किन यस्तो भैरहेछ
खेल फोहरी राजनीति जस्तै
कोरोना खेल पनि

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here