Friday, April 26, 2024
Homeफिचरएमसिसिविरुद्ध प्रदर्शन

एमसिसिविरुद्ध प्रदर्शन

- Advertisement -spot_img

तुलसीपुर, ३१ जेठ ।
तुलसीपुरका युवाहरुले एमसिसि विरुद्ध विरोध प्रदर्शन गरेका छन् । राष्ट्रघाती एमसिसि चाहिदैन भन्दै उनीहरुले शनिबार तुलसीपुरको वीरेन्द्र चोकमा विरोध प्रदर्शन गरेका हुन् ।

एमसिसि सम्झौता हिन्द प्रशान्त रणनीतिकै अंग भएको र देशको हितबिपरीत भएकोले कुनैपनि हालतमा यो परियोजना संसदबाट पास गर्न नहुने तुलसीपुरका स्वतन्त्र युवा हेमन्त प्रकाश वलीले बताए ।

यदि जबरजस्ती एमसिसि पास गर्न खोजे संसद भवनमा बम बनेर पड्किने भन्दै सरकारलाई चेतावनी समेत दिए ।

‘एमसिसि जनता र देशको हित विपरीत छ’ उनले भने– ‘देश बेचेर खाने सरकारले यो रणनीतिलाई कुनै पनि हालतमा पास हुन दिनेछैनौँ ।’

आधुनिक हतियार भण्डार गर्ने, उत्पादित बिजुली नेपालभन्दा पहिले गोरखपुर लग्ने, परियोजनाका लागि जनशक्ति र श्रोत साधनमा अमेरिकी एकाधिकार, कर तिर्न नपर्ने, भारत र अमेरिकाको ईच्छाअनुसार सम्झौता रद्द गर्न सक्ने, बौद्धिक सम्पत्तिमा अमेरिकी एकाधिकार जस्ता विवादास्पद अनुसूचिले देश र जनताको हितविपरीत भएको कुरा प्रष्ट भएको उनले दाबी गरे ।

यस्तै कार्यक्रममा तेज प्रसाद पोख्रेलले एमसिसिमार्फत देश बेचेर खाने रणनीति भएको बताए । उनले अमेरिकालाई आफ्नो देश बेचेर आफ्नै देशमा शरणार्थी भएर बाँच्ने कुरा कति उपयुक्त छ ? लेखापरीक्षणसम्म नेपालले गर्न नपाउने यो कस्तो सम्झौता हो ? भन्दै सरकारलाई प्रश्न गरे ।

संसद भवन विदेशी जासुसले भरिएको दाबी गर्दै एमसिसी पासको रणनीति सरकारको दिवासपना भएको बताए । ‘शरीरमा एकथोपा रगत रहदासम्म एमसिसि पास गरौला भनेर सरकारले नसोचे हुन्छ’, उनले भने– ‘यो सबै सरकारको दिवासपना हो, जुन पूरा हुने छैन ।’ उनले आम देशभक्त युवाहरुलाई सडक संघर्षमा आउन अपिलसमेत गरे ।

कार्यक्रममा एमसिसि सम्झौता खारेज गर, देश बेच्न पाइदैन, राष्ट्रघाती दलालहरु होसियार, अमेरिकी साम्राज्यवाद मुर्दावादजस्ता पम्पलेटहरु प्रदर्शन गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रकाश वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here