Friday, April 26, 2024
Homebreaking-newsरुपन्देहीमा पाँचजनाको हत्या

रुपन्देहीमा पाँचजनाको हत्या

- Advertisement -spot_img

बुटवल, २७ जेठ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० स्थित गंगादेवी गाई फर्ममा काम गर्ने पाँचजनाको हत्या भएको छ । सोमबार राति घरेलु हतियार प्रयोग गरी उनीहरुको हत्या भएको रुपन्देही प्रहरीले जनाएको छ ।

हत्या गरिएकामध्ये सैनामैना वालापुरका श्रीमान् श्रीमती माधव मुसहर र जानकी मुसहर तथा सोही स्थानका पोखराज मुसहर रहेका छन् । त्यस्तै अन्य दुई करण चौधरी र आशिष चौधरी तिलोत्तमा नगरपालिकाकै हुन् ।

गाई फर्मको गोठमै सुतिरहेका उनीहरुको हत्या भएको हो । दुई चौधरी कहिलेकाही फर्ममा काम गर्न आउने गरेका थिए । प्रहरीले हत्याको कारण पहिचान गरिसकेको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here