Monday, April 22, 2024
Homeसम्पादकीयउपचारमा ध्यान देऊ

उपचारमा ध्यान देऊ

- Advertisement -spot_img

सम्पादकीय
दाङमा दैनिक कोरोनाका संक्रमितहरु बढिरहेका छन् । सुरु–सुरुमा शुन्य रहेको दाङ पछिल्ला दिनहरुमा भयावह अवस्थामा पुग्दैछ । केही दिनको अन्तरमा मात्रै जिल्लामा ७१ जना कोरोना संक्रमितहरु भेटिसकेका छन् ।
यति धेरै संक्रमितहरुको संख्या देखिदा पनि फितलो तयारी र कमजोर व्यवस्थापनले समस्या बढाइरहेको छ ।
तीनवटा पालिकाबाहेक सात पालिकाका कोरोनाको संक्रमण पुगि सकेको अवस्थामा संक्रमितलाई अस्पतालमा पु¥याएर उपचार गराउन नसक्ने अवस्था देखिनुले महामारीको जटिलता बढिरहेको देखाएको छ ।
यो अवस्थामा स्थानीय सरकार बढी चनाखो हुनुपर्ने र महामारीलाई व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्छ । अहिले पनि दैनिक मान्छे जिल्ला प्रवेश गर्ने क्वारेन्टाइनमा बस्ने र परिक्षण पोजेटिभ आउने अवस्था छ ।
यो अवस्थामा सबैले आफ्नो क्षेत्रबाट व्यवस्थापन गर्नसकेमा मात्रै त्यसले सहजताउन्मुख गराउने छ । तर त्यसतर्फ ध्यान कम जाँदा जटिलता बढिरहेको देखिन्छ ।
अहिले दाङमा कोरोना संक्रमितलाई अस्पतालसम्म पु¥याउन सकिएको छैन । बिरामीले कोरोना विशेष अस्पताल फुलफिल भएपछि संक्रमितहरुलाई स्थानीय पालिकाले क्वारेन्टाइनमै राखेका छन् । यस्तो अवस्था आउनु भनेको पूर्वतयारी कमजोर हुनु हो ।
सम्भावित विपद्को बारेमा आँकलन गर्न नसक्नु पनि हो । यसरी लापरबाही पूर्ण तवरले संक्रमितहरुलाई क्वारेन्टाइनमा राख्नु राम्रो हैन ।
उनीहरुलाई तत्काल आइसोलेसन अस्पतालमा लैजानुपर्छ । संक्रमित सबै भारतबाट आएको तथ्यांक राखिएको छ ।
भारतमा कोरोनाको महामारी बढेपछि सबै नेपाली नागरिक घर फर्कनेु स्वभाविक हो । उनीहरुको उचित व्यवस्थापन गर्नु स्थानीय सरकारको कर्तव्य पनि हो । यो पूरा हुन सकेको छैन ।
कोरोना परिक्षणपछि नेगेटिभ रिपोर्ट आउने त घर जाला तर पोजेटिभ रिपोर्ट आउनेको व्यवस्थापनको लागि अस्पताल तयार हुनुपर्छ ।
पछिल्लो समय कोरोना पोजेटिभ भेटिएकाको हकमा अस्पताल टाढा भएको उनीहरुको पहुँच अस्पतालसम्म पुग्न नसक्नु दुखद् हो ।
कोरोना प्रभावित क्षेत्रबाट आउनेहरुले स्थानीय सरकारले तय गरेको नीति मान्नु नै पर्छ भने संक्रमण देखिएपछि त्यसको उचित उपचार गराउने योजना पनि सरकारसँग हुनैपर्छ ।
अहिलेको अवस्थामा तयारी र व्यवस्थापन एकदम फितलो र कमजोर देखिएको छ । यो हुनु भनेको कोरोना संक्रमितहरुलाई जोखिममा पारिहरनु हो ।
यो अवस्थालाई भने स्थानीय सरकारले त्यसको उचित ब्यवस्थापनको लागि नयाँ ढंगले सोच्नुपर्छ । तत्काल उनीहरुको उपचारमा ध्यान दिएर अस्पतालसम्म पु¥याउनुपर्छ । ्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here