Friday, April 26, 2024
Homeमुख्य खबर१११ जनाको स्वाव संकलन

१११ जनाको स्वाव संकलन

- Advertisement -spot_img

आशिष के.सी.
सल्यान, २२ जेठ । सल्यानमा १ सय ११ जनाको स्वाव संकलन गरिएको छ । जिल्लाको सारदा नगरपालिकामा भारतलगायत अन्य मुलुकबाट आएकाहरुको स्वाव संकलन गरिएको हो ।
संकलन गरिएका स्वाव पिसीआर परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाईएको छ ।
भारतलगायत अन्य देशहरुबाट आएर नगरपालिकाको विभिन्न क्वारेन्टाईनमा बसेका २ सय १७ जना मध्ये १ सय ११ जनाको स्वाव संकलन गरिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
संकलन गरिएका स्वाव परिक्षणका लागि प्रादेशिक प्रयोगशाला सुर्खेतमा पठाइएको जिल्ला अस्पतालका सल्यानका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिए ।
विभिन्न सीमा नाका हुँदै नगरपालिकामा भित्रिएका नागरिकहरुलाई आफ्नो मातहतमा रहेका क्वारेन्टाईनमा राखेको छ ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यसको नियन्त्रणका लागि नगरपालिकाले प्रत्येक वडामा मापदण्ड सहितको क्वारेन्टाईन निर्माण गरेको शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिए ।
सरकारले स्वाव संकलनका लागि आवश्यक पर्ने भिटिएम उपलब्ध नगराए पनि आफैले भिटिएम खरिद गरी स्वाव संकलन गरेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here