Friday, April 26, 2024
Homeमुख्य खबरगुरैया टोल सिल

गुरैया टोल सिल

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १३ जेठ । दाङको घोराहीस्थित गुरैया टोललाई सिल गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ९ भगुवार गाउँको गुरैया टोल सिल गरिएको हो । भगुवारका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उक्त टोल सिल गरिएको हो ।
संक्रमित व्यक्ति चैत १० गते काठमाडौँबाट दाङ आएका थिए । उनी बैशाख १ गते पुनः काठमाडौं फर्किएका थिए । काठमाडांैको एक अपार्टमेन्टमा काम गर्दै आएका उनको स्वास्थ्य चेकजाँच गराउँदा कोरोना संक्रमण देखिएपछि उनको घर रहेको गाउँलाई सिल गरिएको वडा नं ९ का वडा अध्यक्ष मानबहादुर बस्नेतले बताए । करिव १७ घरधुरी रहेको गुरैया टोल सिल गरी घर बाहिर निस्कन र आवतजावतमा रोक लगाईएको उनले बताए ।
स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी र टोलबासीहरूले उक्त टोललाई सिल गरेका हुन् । संक्रमित व्यक्तिलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ । उनलाई कसरी र कहाँबाट संक्रमण भयो ? भन्ने बारेमा केही खुलेको छैन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here