Saturday, April 27, 2024
Homebreaking-newsएम्बुलेन्स चालकलाई पिपिई

एम्बुलेन्स चालकलाई पिपिई

- Advertisement -spot_img

दुखहरण यादव
गढवा, ९ जेठ । दक्षिण देउखुरीको गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा सञ्चालित एम्बुलेन्स चालकलाई पिपिई हस्तान्तरण गरिएको छ ।
कोरोना संक्रमित बोक्दा एम्बुलेन्स चालक आफै पनि कोरोना संक्रमणको सिकार हुनसक्ने सम्भावनाबाट सुरक्षित रहने उद्देश्यले दक्षिण देउखुरीको गढवा गाउँपालिकामा सातवटा र राजपुर गाउँपालिकामा एकवटा गरी जम्मा आठवटा पिपिई सेट एम्बुलेन्स चालकको लागि प्रदेशसभा सदस्य इन्द्रजित थारू र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको रोहबरमा हस्तान्तरण गरिएको हो ।
गढवा गाउँपालिकामा दुईजनामा कोरोनाको संक्रमण पुष्टि भएपछि ती संक्रमितलाई कृष्णनगरबाट गढवाको क्वारेन्टाइनसम्म पु¥याउने एम्बुलेन्स चालकहरूले आफूहरू असुरक्षित रहेको बताएपछि र बिना पिपिइ एम्बुलेन्स चालक जोखिम मोल्न नसक्ने अवस्था भएपछि प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी,
प्रदेशसभा सदस्य इन्द्रजित चौधरी तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको पहलमा स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको पिपिई सेट हस्तान्तरण गरेको गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा गढवा गाउँपालिका प्रकोप ब्यवस्थापन संयोजक प्रकाश भण्डारीले बताए ।
पिपिई सेट पाउनेमा गढवा, गंगापरस्पुर, गोबरडिहा स्वास्थ्य चौकी र राजपुर गाउँपालिकाको स्वास्थ्य चौकीका एम्बुलेन्स चालक चारजना र आयाम सहकारी, नेपाल रेडक्रस सोसाईटी गढवा, उद्योग वाणिज्य संघ गढवा र भूपू सैनिक संघद्वारा सञ्चालित एम्बुलेन्स चालकलाई चार गरी आठवटा पिपिई सेट हस्तान्तरण गरिएको हो ।
यसैगरी गढवा गाउँपालिकाको तीनवटा स्वास्थ्य चौकीलाई २५०÷२५० थानका दरले ७५० थान र पत्रकार शिवराज पन्थी र रेडियो साझा आवाजका दुखहरण यादवलाई १÷१ बक्स सर्जिकल मास्क सहयोग गरिएको छ ।

एम्बुलेन्सको जिम्मेवारी निर्धारण

यसैगरी गढवा गाउँपालिकामा सञ्चालित एम्बुलेन्सहरूलाई सामान्य बिरामी बोक्ने र कोरोना संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स धनी संस्थाका प्रतिनिधिलाई फरक–फरक जिम्मेवारी तोकिएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।
यसरी प्रदान गरिएको जिम्मेवारीमा गढवा स्वास्थ्य चौकी र गंगापरस्पुर स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्सलाई कोरोना संक्रमित बिरामीमात्र ओसारपसार गर्ने र अन्य एम्बुलेन्सलाई कोरोनाबाहेकका बिरामी ओसारपसार पसार गर्ने जिम्मेवारी दिएको र यस्तो कार्यबाट संक्रमण फैलिने जोखिम न्यून रहने अध्यक्ष यादवले बताए ।

क्वारेन्टाइनको वर्गीकरण

यतिबेला कोरोनाको संक्रमण बढिरहेको बेला देश बाहिर र देशभित्रको अन्य स्थानबाट गढवा गाउँपालिकामा प्रवेश गर्ने नागरिकलाई छुट्टाछुट्टै क्वारेन्टाइनमा राख्ने भएको छ ।
पिपिई हस्तान्तरण तथा क्वारेन्टाइन निर्माणको विषयमा बोल्दै प्रदेश नं. ५ का प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले देशभित्रको अन्य स्थानबाट गढवा गाउँपालिकामा प्रवेश गर्ने नागरिकभन्दा भारतबाट आउने नागरिकबाट संक्रमण फैलिने सम्भावना बढिरहेकाले छुट्टाछुट्टै क्वारेन्टाइनमा राखेर ब्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
साथै संसद थारूले सम्प्रर्ण गढवाबासीलाई धैर्यताका साथ लकडाउनको पालना गरी घरमा बसिदिनु हुन अनुरोध गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here