Friday, April 26, 2024
Homeफिचरकोरोनाका कारण हुने मानसिक समस्या र समाधान

कोरोनाका कारण हुने मानसिक समस्या र समाधान

- Advertisement -spot_img

चीनको हुआन प्रान्तबाट शुरू भएको कोरोनाभाइरसको महामारी संसारभरी फैलियो यसलाई त्यतिबेलाको समयमा सबै विश्वका देशहरूले खास वास्ता गरेनन् र स्वयं चीनले पनि पछि मात्रै अलिक गम्भीरतापूर्वक लियो ।
गएको डिसेम्बरदेखि नै शुरू भएको हो भनिए ता पनि फेब्रअरीदेखि नै महामारीको रूपमा आएको छ । अहिले विश्वभरीनै फैलियो । लाखौ मानिसहरू प्रभावित भए । लाखौ मानिसहरूको मृत्यु भएको छ जसको प्रत्यक्ष अनुभव हामी नेपालीले पनि लगभग दुई महिनादेखि महसुुस गरेका छांै ।
यो एक ब्यक्तिबाट अर्को ब्यक्तिमा प्रत्यक्ष सम्पर्कबाट सर्ने रोग नै हो भनेर बुझ्दा सजिलो हुन्छ । ब्यक्तिले हाँछ्यु गर्दा, हात मिलाउँदा, अकंमाल गर्दा, समूहमा बस्दा नै एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने जुन सूचनाहरू हामी विभिन्न सञ्चार माध्यमबाट पाईरहेका छौं जसले पूरा विश्वलाई तहसनहस बनाएको छ ।
नेपालमा पनि यसको प्रभाव बिस्तारै बढ्दै गएको पाउँछौं । यसले ब्यक्तिमा सामाजिक, आर्थिक, दैनिक जीवनमा एकदमै धेरै प्रभाव पारेको छ ।
सबैको ध्यान सामाजिक, आर्थिक, दैनिक जीवनमा केन्द्रित छ तर हामी भावनात्मक र मानसिक रूपमा ब्यक्तिमा परेको प्रभावमा कामै गरेका छैनौं र काम गर्ने खासै योजना पनि बनाएका छैनौं ।
नेपालका हकमा भएको तयारी अहिलेको यो अवस्थासम्मको लागि राम्रो मान्नुपर्छ । सबै स्थानीय निकायमा क्वारेन्टाइन बनेका छन् । सुरक्षाका लागि आवश्यक पर्ने सामग्री विस्तारै सबै निकायमा पुग्ने क्रम जारी छ ।
विदेशबाट फर्किएका ब्यक्तिहरूको खोजी गर्ने र ब्यवस्थापनको लागि काम भईराखेको छ । रोकथाम र बच्ने उपायका बारेमा सूचनाहरू सबैको पहुँचमा छन साथै आउन सक्ने जोखिमका बारेमा गरिएका क्रियाकलाप एक्दमै सह्रानीय छन् ।
यो अवस्थामा अन्य सहयोगको जत्तिकै प्रभावित मानिसहरूका लागि भावनात्मक तथा मनोवैज्ञानिक सहयोग पनि चाहिन्छ । किनभने यस अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आएका गलत हल्ला र अफवाहले ब्यक्तिको मनमा नकारात्मक सोचाईको विकास गराउँछ ।
यस्तो गलत सूचनाले ब्यक्तिमा एक प्रकारको डर, त्रास, चिन्ता, निन्द्रा नलाग्ने, निन्द्राबाट ब्युझिने अनि निदाउन नसक्ने, मुटुको ढुकढुकी बढ्ने, पसिना आउने, छटपटी हुने, खाना मन नलाग्ने, नकारात्मक प्रकारका सोचाईहरू मनमा आउने, मादकपदार्थ सेवन गर्ने वा गरिहने ब्यक्तिहरू छन् भने मात्रा बढाउनेजस्ता समस्याहरू देखिन्छन् ।
कतिपय परिवारका सदस्यहरू विदेशमा छ होला, आईसोलेसमा छ होला मरेको संख्या र त्यहाँको अबस्था साथै परिवारका सदस्य आइसोलेसनमा बसेका परिवारका सदस्यको मनमा आउने कुराहरूको कल्पना गरौ त ?
उहाँहरूमा भएको तनाब, चिन्ता र डरको अवस्था एकदमै पिडादायी छ । एकातिर कोरोनाको संक्रमण बढ्दै गएको सामाचारहरू आइरहेको छ भने अर्कोतिर दशथरी कुराहरू पोष्ट गरेको पाइन्छ । अन्दाजले स्टाटस लेखिएको पाइन्छ ।
जे देख्यो त्यसले मानसलाई कति नकारात्मक कुराहरू ल्याउला भन्ने कुरा नै नसोची त्यो कुरा शेयर गरेका हुन्छांै । त्यस्ता कुराले मानिसलाई मानसिक तनाव उत्पन्न हुन्छ ।
कोरोना संक्रमण विस्तारै समाधान हुँदै जाला । तर कोरोनाका कारणले भएको मानसिक तनाबले हामीलाई बेचैन बनाउन सक्छ । त्यसैले कोरानासँग लड्नको लागि यि कुराहरूमा क्षमताको विकास गर्न जरूरी छ ।
१. शारीरिक क्षमता
२. मानसिक क्षमता
३. बौद्धिक क्षमता
एउटा घटनालाइ यहाँहरूसमक्ष राख्न चाहे । श्रीमान विदेश हुनुहुन्छ । घरमा स–साना नानीबाबुहरू छन् । कोरोनाभाइरसको महामारी चलिरहेको छ ।
एकदिन उहाँले फेसबुक खोल्नु भयो र देख्नुभयो इटालीमा मान्छेहरू मरेको पैसाहरू बाटामा फालेको आफन्तीलाई नै बिरामी भेट्न नपाएको यस्तो दृष्य देखेपछि उहाँको मनमा गहिरो चोट पुग्यो ।
आत्तिने डराउने, चिडचिडापन, मुटु ढुकढुक, घबहराट हुने, घरी उता घरी उता जान मन लाग्ने के भयो ? भन्ने साेंच आउन थाल्यो । लगातार निन्द्रा नै नआएको १५ दिन भएसक्यो सुत्केरी आमा बच्चालाई दूध खुवाउन बिर्सन थाल्नुभयो ।
परिवारमा उसैलाइ नै दोष दिन थाले । के भएकी यस्तो बच्चा रूवाउने थुप्रै कुरा सुन्न प¥यो उहाँलाई फेसबुक सम्झनै डर लाग्ने हुन थाल्यो ।
यो अवस्थामा उहाँले मलाई फोन गरी समस्या सेर गर्नुभयो र लगातारको सेसनपछि हाल उहाँ पहिलेकै अवस्थामा आउनुभएको छ र अहिले फेसबुकलाई प्राथमिकतामा नै राख्नु हुन्न । उहाँले यो त प्रतिनिधि पात्रमात्रै हो । उहाँको जस्तोे समस्या धेरै मानिसहरूमा देखिन सक्छ ।
यस्ता महामारीको समयमा यस्ता समस्याहरू हामीले भोगेको र देखेका छौं । कि भूकम्पपछि धेरै मानिसहरू मानसिक समस्यामा परेको अवस्था थियो ।
त्यसैले यो महामारीपछि पनि यस्तो समस्या बढ्न सक्छ । हामीले यो समस्या आउन नदिनको लागि तथा समस्या समधान गर्नको लागि यि कुराहरू अपनाउन सक्छौं ।

  • कोरोनालाई हामीले स्वीकार गर्ने यतिबेला महामारीको रूपमा कोरोना आएको छ ।
  •  घरमा बस्ने ।
  •  घरमा बस्दा दैनिकी बनाउने र त्यो ब्यवहारमा लागू गर्ने ।
  • करेसाबारी तयार गर्ने, करेसाबारीमा बिहान, बेलुका तरकारी स्याहार गर्ने ।
  • अरूको खोजी नगर्ने ।
  • नबहकिने ।
  • दश थरीका कुराहरू पोष्ट नगर्ने ।
  •  अन्दाजको भरमा स्टाटस नराख्ने ।
  • अरूले लेखेको कुरा नबुझी शेयर नगर्ने ।
  •  नआत्तिने कोरोना मलाई लाग्दैन लागिहाले पनि म सुरक्षित हुन्छु डाक्टरकोमा जान्छु अनि ठिक हुन्छु ।
  •  कुराकानी गर्दा सकारात्मक बोलीचालिको प्रयोग गर्ने ।
  •  आफन्ती टाढा छन् भने नियमित सञ्चार गर्ने ।
  • आधिकारिक समाचार मात्र हेर्ने ।
  •  पूजा गर्ने
  •  संगीत सुन्ने
  •  आफन्त वा मन मिल्ने व्यक्तिसँग मन लागेका अप्ठेरा अनुभवहरू भन्ने ।
  •  बिहान योगा ध्यान र मेरीटेसन गर्ने ।
  •  लामो सासको ब्यायम गर्ने ।
  •  समस्या जटिल हुँदै गयो भने मनोसामाजिककर्तासँग सल्लाह लिने ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here