Monday, April 22, 2024
Homebreaking-newsबढ्दैछ संक्रमण, बाँकेमा थप ४७ जनामा संक्रमण

बढ्दैछ संक्रमण, बाँकेमा थप ४७ जनामा संक्रमण

- Advertisement -spot_img

प्रदेश टुडे
बाँके, ६ जेठ । बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । यो सँगै बाँकेमा संक्रमित हुनेको संख्या ८१ पुगेको छ । बाँके प्रदेश ५ को कोरोना ‘हटस्पट’ बनेको छ ।
नरैनापुर क्षेत्रका २ सय ७३ को स्वाव संकलन गरी भेरी अस्पतालमा ल्याइएको थियो । जसमध्ये १ सय ९२ को परिक्षण गर्दा ४६ पुरूष र एक महिलामा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयले जनाएको छ । बाँकेको नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ । बाँकी ८१ जनाको स्वाव परिक्षण प्रक्रियामा रहेको भेरी अस्पतालले जनाएको छ ।
कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाव संकलन गरी परिक्षण भएको थियो ।
एक व्यक्तिको निधनसँगै कोरोना संक्रमितहरूको संख्या बढ्दै जाँदा नरैनापुरलाई ‘हटस्पट’ घोषित गरी थप सतर्कता अननाउन स्थानीयहरूले माग गर्न थालेका छन् ।
यसअघि नरैनापुरका ८ जना कोरोना संक्रमितहरूलाई शुक्रबार दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमामा ल्याएर उपचारमा राखिएको छ ।
सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो ।
भारतको मुम्बईबाट गत बैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको जनाइएको छ ।
मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि यहाँका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती मध्ये तीनजना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनमा थिए । उक्त क्वारेन्टाइनमा अहिले ३८ जनालाई राखिएको छ ।

पहाडी जिल्लामा पनि संक्रमण

प्रदेश नम्बर ५ मा एकैदिन ४९ जना कोरोना संक्रमित थपिएका छन् । पहिलो पटक प्रदेशको पहाडि जिल्ला गुल्मीमा समेत कोरोना देखिएको छ । गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको हो । उनको भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको हो ।
प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार उनको स्वाव तीन दिनअघि संकलन गरिएको थियो । जेठ १ गते बुटवलमा उपचारका लागि आएका थिए । उनमा कसरी कोरोना स¥यो भन्ने अझै खुलिसकेको छैन् ?
दाङका थप एकजनामा समेत कोरोना संक्रमण देखिएको छ । धुलिखेलमा रहेका दाङका एकजनाको धुलिखेलमा भएको परिक्षणमा संक्रमण देखिएको हो । यो सँगै दाङका संक्रमितको संख्या ४ पुगेको छ ।

२० गतेसम्म कपिलवस्तु सिल

कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेको भन्दै कपिलवस्तु जिल्लालाई जेठ २० गतेसम्म पूर्णरूपमा सिल गरिने भएको छ
जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले सरकारले घोषणा गरेको लकडाउनको समय जेठ २० गते राति १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए ।
यस अवधिमा अति आवश्यकीय सवारी साधनबाहेक सबै सवारी साधनलाई पूर्णरूपमा रोक लगाइएको छ । राजमार्ग क्षेत्रमा चल्ने सवारी साधनलाई भने जिल्लामा रोकेर कसैलाई चढाउन र झार्न नमिल्ने व्यवस्था गरिएको छ ।
अति आवश्यकीय सामग्री, खाद्यान्न र औषधि खरिदका लागि प्रत्येक सोमबार, बुधबार र शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म समय मिलाइएको प्रजिअ पौडेलले बताए ।

संख्या ३५७

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालामा बाँके नरैनापुरका ४६ जना पुरूष र १ जना महिला कोरोना संक्रमित फेला परेका हुन् ।
मन्त्रालयका अनुसार विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका एकजना पुरूषमा पनि कोरोना संक्रमण पुष्टी भएको हो । भैरहवाको प्रयोगशालमा गुल्मीका एक पुरूष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, रौतहटका एकजना,
दाङका एकजना र धादिङका एकजनामा पुरूषमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । हालसम्म ३० हजार ७ सय २३ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म दाङमा ५ सय ८१ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म ५ सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको जानकारी दिएको हो ।

दाङमा ५८७ को परिक्षण

दाङमा ५ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको छ । ६ जनाको परीक्षण प्रक्रियामा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।
परीक्षण गरिएकामध्ये दुईजनाको पोजेटिभ र बाँकीको नेगेटिभ देखिएको छ । पछिल्लो पटक घोराही, तुलसीपुर, रक्षाचौर र सल्यान क्षेत्रबाट लिइएको स्वाव नमूनामध्ये ३२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
दाङमा सोमबारसम्म ३ सय ९१ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा १ सय ५१ जनालाई राखिएको छ । त्यस्तै १ सय ६६ वटा आइसोलेसन कक्ष निर्माण गरिएको छ, जहाँ सोमबारसम्म १६ जनालाई भर्ना गरिएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा १६ जना कोरोना संक्रमितलाई भर्ना गरिएको छ । उक्त अस्पतालमा २ जना चिकित्सक र १० जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरूले प्रयोग गरेका वस्तु र खाना खादा प्रयोग गरेको वस्तुलाई बिर्सजन गर्नैपर्ने हुन्छ ।
त्यसैले कोरोना संक्रमितहरूले खाएका भाडा तथा बिरामीहरूले खाएर बचेको खाना खाडलमा पुर्ने गरिएको अस्पतालले जनाएको छ । अबको छाडा चौपाया अस्पतालको हाताभित्र जानबाट रोक्नका लागि तारजालीले बेर्ने तयारी भइरहेको छ ।

बंगलाचुलीमा आठै वडामा क्वारेन्टाइन

बंगलाचुली गाउँपालिकाको नागरिक सुरक्षाको लागि आठवटै वडाहरूमा क्वारेन्टाइन निर्माण भइरहेको छ । नागरिकहरू भारतबाट आउने क्रम जारी रहेको अवस्थामा सीमानाकाबाट ल्याइएका उनीहरूलाई ती क्वारेन्टाइनमा राखिने छ ।
भारतबाट आउने दाङको कोइलाबास र कृष्णनगर नाका भएर आउन उक्त गाँउपालिकाले अनुरोध गरेको छ । बंगलाचुली गाउँपालिकाका स्थानीय बासिन्दालाई सम्बन्धित वडासम्म ल्याउने व्यवस्था मिलाइएको छ ।
उनीहरूलाई सीधै सम्बन्धित वडाको क्वारेन्टाइनमा पु¥याइनेछ, भने अनिवार्य पीसीआर जाँच हुनेछ । सुरक्षित ढंगले यात्रा गर्न र होसियारी अपनाउन बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले अनुरोध गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here