Monday, April 22, 2024
Homeमुख्य खबरविपद् कोषमा डिप्रोक्सको सहयोग

विपद् कोषमा डिप्रोक्सको सहयोग

- Advertisement -spot_img

प्रचण्ड खत्री
रुकुम (पश्चिम), ६ जेठ । रुकुम पश्चिमको एक गैरसरकारी संस्थाले आठबिसकोट नगरपालिकालाई सहयोग गरेको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आठबिसकोट नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा २ लाखको चेक हस्तान्तरण गरेको आठबिसकोट नगरपालिकाले जनाएको छ ।
संस्थाका शाखा प्रबन्धक पूर्णप्रसाद पाण्डेले नगरप्रमुख गोर्ख बहादुर केसीलाई आठबिसकोट नगरपालिकाको कार्यालयमा पुगेर हस्तान्तरण गरेका हुन् ।
केन्द्रीय कार्यालय भरतपुर चितवनमा रहि आएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले देशभरी राहत वितरण गर्ने क्रममा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका छनोटमा परेकोले नगरपालिकामा पुगेर कार्यालयलाई हस्तान्तरण गरेको हो ।
नगर प्रमुख गोर्ख बहादुर केसीले विपद्को घडीमा सहयोग गरेकोमा धन्यवाद दिए । नगर प्रमुख केसीले कोरोनाभाइरस अर्थात् कोभिड–१९ कारणले विश्वमा नै त्रास पारिरहेको बेलामा सहयोग गर्ने संस्थाप्रति धन्यवाद दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here