Wednesday, April 24, 2024
Homebreaking-newsसबै जिम्मेवार बनौं

सबै जिम्मेवार बनौं

- Advertisement -spot_img

२०७७/२/२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरेको कोभिड–१९को पत्रकार सम्मेलनमा दाङ गढवा गाउँपालिका–२ र तुलसीपुर उपमहानगरपालिका–७ का १ जनासमेत जम्मा–३ जना संक्रमित भन्ने स्टेटमेन्ट आयो यसैलाई कतिपयले देउखुरीमा–२ र दाङमा ३ समेत जम्मा–५ संक्रमित हो भन्नसमेत भ्याए ।
कतिपय बुज्रुकहरूले तुलसीपुर–७ का भनिएका टिचिङ हस्पिटलका डाक्टर हुन् । १०/१५ दिन पहिला दाङ आएका थिय तर अहिले काठमाडौंमै छन् । कोही नआत्तिऊ समेत भन्न भ्याए । यता टिचिङ हस्पिटलले आफ्ना कुनै स्टाफलाई कोभिड–१९ पोजेटिभ नदेखिएको विज्ञप्ति जारी गरिसकेको छ ।
कोभिड–१९ को सूचना सम्प्रेषण गर्न सबैलाई हतार भएको सामाजिक सञ्जालमा प्रष्ट देखिन्छ । कृपया यस्तो विषम परिस्थितिमा जनतामा त्रास नफैलाउनुहोस् आफ्नो योग्यता क्षमता पदीय दायित्व र पदीय गरिमाको ख्याल राखौं ।
यसरी सबै तहतप्कामा रहेर जिम्मेवारी सम्हालिरहनु भएका बुज्रुक तथा प्रबुद्ध वर्गबाट भ्रम सिर्जना हुने खालका समाचार टिप्पणी अभिब्यक्तिहरू आउँदा दूरदराज र गाउँबस्तीका आमनागरिकले कसको कुरामा विश्वास गर्ने सोचनीय कुरा छ ।

योग्यता क्षमता त अस्ती भर्खरै बर्दियाका संक्रमितलाई दाङको कोरोना विशेष हस्पिटलमा ल्याउँदैछ भन्ने सवालमा भएका छुद्र टिप्पणीहरूबाट र प्रहरीले तुलसीपुरमा लकडाउन पालना गराउने सन्दर्भमा उद्योग वाणिज्य संघको रवैयाबाट आमनागरिकले बुझिसकेका छन् । अहिलेको विषम परिस्थितिमा उद्योग वाणिज्य संघ, सुरक्षा निकाय र प्रशासनसँग पैंठेजोरी खेली ब्यवसायीहरूका सवालमा मात्र वकालत गर्नुभन्दा कालाबजारी न्यूनीकरणमा पनि ध्यान दिनु जरूरी छ । सम्पूर्ण सामग्रीको मूल्यबृद्धिले सीमा नाघेको छ के यसमा ध्यान दिनु जरूरी छैन ?


योग्यता क्षमता त अस्ती भर्खरै बर्दियाका संक्रमितलाई दाङको कोरोना विशेष हस्पिटलमा ल्याउँदैछ भन्ने सवालमा भएका छुद्र टिप्पणीहरूबाट र प्रहरीले तुलसीपुरमा लकडाउन पालना गराउने सन्दर्भमा उद्योग वाणिज्य संघको रवैयाबाट आमनागरिकले बुझिसकेका छन् ।
अहिलेको विषम परिस्थितिमा उद्योग वाणिज्य संघ, सुरक्षा निकाय र प्रशासनसँग पैंठेजोरी खेली ब्यवसायीहरूका सवालमा मात्र वकालत गर्नुभन्दा कालाबजारी न्यूनीकरणमा पनि ध्यान दिनु जरूरी छ । सम्पूर्ण सामग्रीको मूल्यबृद्धिले सीमा नाघेको छ के यसमा ध्यान दिनु जरूरी छैन ?
विश्व लकडाउन छ नेपाल लकडाउनमा परेको झण्डै २ महिना हुन थालिसकेको छ । दैनिक ज्याला मजदुरीबाट रोजीरोटीको जोहो गर्नेहरू यो लकडाउनमा एकातिर महामारी रोगको चपेटाको सिकार भएका छन् भने अर्काेतर्फ ठूलो भोकमरी को ।
कसैलाई बिहान–बेलुका हातमुख जोर्न ठूलै समस्या भएको छ भने कसैलाई आफूले खान तैयार गरेका पक्वान्न मिष्ठान्न सामाजिक सञ्जालमा देखाउन हतार छ मानौ कुनै चाडवाड मनाई रहेको जस्तो ।
जहाँसम्म तुलसीपुर–७ को संक्रमित भन्ने कुरा छ । त्यस सन्दर्भमा टिचिङ हस्पिटलमा कार्यरत स्टाफ नभएको कुरा त टिचिङको स्टेटमेन्टले जनाएको छ ।
त्यसैले दाङको तुलसीपुर–७ का भन्ने सवालमा त्यहाँ आफ्नो कोही बिरामी कुर्न बसेका कुरूवा हुन उनी तुलसीपुर–७ का नभई तुलसीपुर–४ का हुन् र उनको काठमाडौं टिचिङ हस्पिटलको आईसोलेसनमा उपचार भइरहेको छ । हतारमा निर्णय गरी फुर्सदमा नपछुताउ ।
२४७ वर्षसम्म शासन गरेको शाह वंशीय राजपरिवारका अन्तिम राजा ०६२/६३ को जनआन्दोलनले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नारायणहिटी दरबारबाट बर्हिगमित पूर्वराजा ज्ञानेन्द्रलाई झापाबाट काठमाडौं जाने सवारी पास दिईदैन ।
तर चिनजान र पार्टीका झोलेहरू यहाँ पास बोकेर हिडेको भन्ने कुरा तमाम समाचारहरूमा सुनिन्छ र देखिन्छ । राहत बाँड्नेलाई हिरासत र राहतको चामल चोरेको ब्यक्ति आनन्दले बसेको भन्ने समाचार त हामीले सुनेकै छौं ।
यति भन्दै र लेख्दै गर्दा कता–कता डर लाग्छ पूर्वसचिव भिम उपाध्याय जस्तै त भईदैन । हिजोका ईतिहासहरू मेटाउन र ईगोसाध्न देशका सारथीहरू जति उद्धत छन् आगामी पुस्ताले पनि यही कुरा र विचार अंगीकार गरी वर्तमानका सारथीहरका इतिहास पनि मेटाउन थाले भने कस्तो होला ? समय बलवान छ ।

जनतालाई सुसूचित गराउने सवालका सन्दर्भमा राज्यको चौथो अंगका रूपमा सबैले अहिलेसम्म स्थान दिएको पत्रकारितामा आमसञ्चार र पत्रकारिताका विद्यार्थी कति छौं र ३/७/१५ दिनेजस्ता तालिमे कति छौं र यसैमा आफ्नो सम्पूर्ण जीवन ब्यतित गरेका यसैलाई आफ्नो वास्तविक पेसा बनाएका कति छौं र नाम मात्रको पत्रकारिता तर वास्तविक पेसा अर्कै भएका कति छौं ? अब पूरै फिल्टर नगर्ने हो भने ठगी खान पल्किएकाले र चाकडीमा निर्लिप्तले वास्तविक पत्रकारलाई सधै ओझेल पार्नेछन् ।


कहिले गाडी नाउमा कहिले नाउ गाडीमा पक्कै हुन्छ होस् गरौं । इतिहास भनेको गहना हो जस्तो मलाई लाग्छ ।
जनतालाई सुसूचित गराउने सवालका सन्दर्भमा राज्यको चौथो अंगका रूपमा सबैले अहिलेसम्म स्थान दिएको पत्रकारितामा आमसञ्चार र पत्रकारिताका विद्यार्थी कति छौं र ३/७/१५ दिनेजस्ता तालिमे कति छौं र यसैमा आफ्नो सम्पूर्ण जीवन ब्यतित गरेका यसैलाई आफ्नो वास्तविक पेसा बनाएका कति छौं
र नाम मात्रको पत्रकारिता तर वास्तविक पेसा अर्कै भएका कति छौं ? अब पूरै फिल्टर नगर्ने हो भने ठगी खान पल्किएकाले र चाकडीमा निर्लिप्तले वास्तविक पत्रकारलाई सधै ओझेल पार्नेछन ।
अहिले सोधखोज सत्यतथ्यभन्दा कपिपेस्ट मौलाएको कुरा घामजस्तै छर्लंग छ । पत्रकारितालाई कसरी प्रयोग गरिदैछ ? भन्ने कुराका केही यहाँबाट पनि देखिन्छ यी त केही नमुना मात्र हामीले सुनेको ।
भर्खरैको चोरी शिकारी केसमा प्रेस लेखेको मोटरसाइकल भेटिनु, भर्खरै २/४ दिन अघि प्रेस लेखेको कार र कैयौंपटक समाचार छाप्ने या दबाउने सवालमा पैसाको बार्गेनिङ भएको यी यावत् घटनाले योग्यता क्षमता लाई प्रष्ट्याउँछ र वास्तविक पत्रकारलाई दिनानु क्षति पु¥याउँदैछ सम्बन्धित निकायले समयमा होस् पु¥याउ । भुसमा लागे निभाउन धेरै मेहनत गर्नुपर्छ त्यसैले सचेत बनौं निस्वार्थ काम गरौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here