Saturday, April 27, 2024
Homebreaking-newsआमाहरूलाई फोनबाटै परामर्श

आमाहरूलाई फोनबाटै परामर्श

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३ जेठ । लकडाउनका कारण अस्पताल जान नसक्ने एक हजार दिनभित्रमा आमाहरूलाई फोनबाटै परामर्श दिन थालिएको छ ।
लकडाउनका कारण बालबालिकाहरूको स्वास्थ्यमा आउने समस्यालाई ध्यानमा राख्दै सुआहारा कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका आमाहरूलाई फोनबाटै परामर्श सुरू गरिएको बेसका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले बताए ।
युएसएआईडीको सहयोगमा सुआहारा परियोजना दाङमा सञ्चालन भएको छ भने यसको बेसले व्यवस्थापन गरेको छ । सोहि अन्तर्गत लकडाउनको समयमा फोनको माध्यमबाटै गर्भवती महिला र सुत्केरी आमाहरूका लागि पोषण सेवा कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
कोभिड–१९ को महामारीका कारण देश नै लकडाउन भएपछि बालबालिकाहरूलाई कसरी सुरक्षित राख्ने ? कसरी बच्ने ? कोरोनाको संक्रमणबाट बच्नका लागि अपनाउनु पर्ने उपाय तथा पोषणयुक्त खानेकुराका बारेमा फोनबाटै परामर्श एवं जानकारी दिन सुरू गरिएको बेसका कार्यकारी निर्देशक चौधरीले बताए ।
‘अहिले फोन परामर्शमार्फत महिला गर्भवती महिला र २ वर्षसम्मका बालबालिकाहरूका लागि स्वास्थ्य परामर्श दिन सुरू गरेको छ’ उनले भने, ‘आमाका समस्या सुन्ने र समाधान पनि खोज्ने काम गरिरहेका छांै ।’
सुनौलो हजार दिनका आमा तथा बच्चाहरूका लागि संस्थाले स्थानीय सरकारसँगको समन्वयमा फोन परामर्शलाई कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा रणनीति समेत तयार गरेको उनले जानकारी दिए । यसका लागि संस्थाले ४४ जना कर्मचारीहरूलाई फोन परामर्शमा खटाई रहेको छ ।
लकडाउनका कारण घरबाहिर निस्केर काम गर्ने र अनुगमन गर्न निस्कने अवस्था भएपछि फोनबाटै सुनौलो हजार दिनका आमा र बच्चाहरूलाई स्वास्थ्य तथा पोषण सम्बन्धी परामर्श तथा कोभिड–१९ बारे अपनाउनुपर्ने सुरक्षा सतर्कताका बारेमा जानकारी दिने गरिएको उनले बताए ।
फोनबाटै हामीले आमा तथा बच्चाहरूलाई स्वास्थ्य परामर्श, खाद्यवस्तुको उपलब्धता, ज्वरो, खोकी, श्वासप्रश्वासबारे सोधपुछ गर्ने गरेका छौं’ उनले भने– ‘उनीहरूको स्वास्थ्य विवरण संकलन गर्ने काम पनि गरिरहेका छौँ ।’
अस्पतालमा जान नसक्ने, सुत्केरी तथा समस्यामा परेका आमा तथा बच्चाहरूका लागि फोनमार्फत स्वास्थ्य संस्थामा सम्पर्क गर्ने बारे परामर्श दिने गरिएको छ ।
फोनबाट परामर्शमार्फत अहिले दैनिक एकजनाले १५ जनालाई परामर्श दिइरहेका छन् । यसरी हेर्दा दिनमा ६ सय जनालाई परामर्श हुन्छ । संस्थाले २०७६ चैत ११ देखि बैशाख मसान्तसम्ममा १७ हजार ३ सय ५ जना आमाहरूलाई फोन मार्फत स्वास्थ्य परामर्श दिईएको तथ्यांक छ ।
यसैगरी विभिन्न संस्थाहरूको समन्वयमा १५ वटा बहिरङ्ग उपचार केन्द्रहरूमा पोषण खाना पु¥याउने काम गरिरहेको चौधरीले बताए ।
बेस, सुआहारा कार्यालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा शिघ्र कुपोषित बच्चाहरूको लागि तयार गरिएका खानाहरू बहिरङ्ग उपचार केन्द्रहरूमा सहयोग गर्दै आएको हो । भन्छिन् आमा,
हेलो भन्छिन् आमा रेडियो कार्यक्रम र कोभिड–१९ का बारेमा विभिन्न सञ्चारमाध्यममार्फत सन्देश प्रवाह गर्दै आएको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here