Monday, April 22, 2024
Homeफिचरकोरोना राहतकोषमा सहयोग जुट्दै

कोरोना राहतकोषमा सहयोग जुट्दै

- Advertisement -spot_img

इन्द्र बुढाथोकी

सल्यान, ३० बैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले स्थापना गरेको कोरोना विषेश विपद् राहतकोषमा सहयोग प्राप्त हुने क्रम चलिरहेको छ । मंगलबार दलित सेवा संघ सल्यानका कार्यक्रम संयोजक यज्ञ कुमार विकले १० हजार,

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. सल्लीबजार शाखाका फिल्ड सहायक नर बहादुर विस्टले १५ हजार र चेतना उद्यमी सामाजिक सहकारी संस्थाले ७ हजार २५ रूपैयाँ आर्थिक सहयोग गरेको छन् ।

कोभिड १९ विरूद्ध नगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने उद्देश्यका साथ संस्थाहरूले उक्त रकम हस्तान्तरण गरेको हो ।

बनगाड कुपिण्डे नगरपालिका सेवा क्षेत्र बनाएर काम गरेका विभिन्न संघ संस्थाले नगरपालिका कोरोना राहत कोषमा रकम जम्मा गर्ने क्रम चलिरहेको छ । मंगलबार विभिन्न संस्थाका प्रतिनिधिहरूले नगर प्रमुख गोविन्द कुमार पुन, नगर उपप्रमुख मञ्जु यरीलाई चेक हस्तान्तरण गरेका छन् ।

विश्वभरी नै महामारी फैलिएको कोरोना रोगविरूद्ध सबै जुट्नका लागि सहयोग रकम प्रदान गरिएको दलित सेवा संघ सल्यान कार्यक्रम संयोजक यज्ञकुमार विकले बताए । विपद् व्यवस्थापन राहत कोषको लागि चेक बुझ्दै नगर प्रमुख पुनले राहत सहयोग गरेकोमा धन्यवाद दिए । साथै यस्तो महामारीमा नगरपालिकालाई सहयोग गर्ने सबैमा आग्रह गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here