Friday, April 26, 2024

आमा

- Advertisement -spot_img

सन्दीप आचार्य
‘सासन’


आमा तिम्रो कति थोपा दूधले बग्यो होला ?
मेरो शरीरको थोपा–थोपा रगत
कति रगतको धारा बगायौं होला ?
म टेकाउन यो जगत्
तिमी छौं र घर छ
तिमी छौं र आधार छ
तिमी छौं र संसारै मेरो छ
तिमी भएर र दुखेको घाउमा
मलम पट्टी भरिएको छ !

तिमी नदी हो ममताकी
सागर हो मातृप्रेमकी
महासागर हो ममता र करुणाकी
सन्तानका निम्ति आफ्नो लागि केही नराख्ने
तिमी मात्र एक भगवान हो यो जगतकी !

सोच्छु कहिलेकाहीँ ग¥ल्याम्म लड्दा
आमा उच्चारण गर्छु ?
केही चिजले घोच्दा
आमा किन भन्छु ?
अहो ! तिम्रो दूधबाट
अनि रगतबाट
सञ्चित यो शरीर लड्दा
मलाईभन्दा तिमीलाई पो दुख्दो रै’छ !
त्यसैले हरेक मानव जातिले
दुःखमा आमा भन्दो रहेछ ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here