Monday, April 22, 2024
Homebreaking-newsदाङमा उच्च सर्तकता, सुरक्षा हाइलर्ट

दाङमा उच्च सर्तकता, सुरक्षा हाइलर्ट

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २३ बैशाख ।

बाँके कोरोनाको ‘हट स्पट’ देखिएपछि दाङमा सुरक्षा सर्तकता बढाइएको छ । केही खुकुलो सुरक्षा व्यवस्था गरिएको दाङ सोमबारदेखि उच्च सर्तकता अपनाउँदै कडाई गर्न १६ जना र रूपन्देहीमा एकजनामा कोरोना पुष्टि भएपछि दाङमा पनि उच्च सतर्कता अपनाईएको छ । प्रदेश नं. ५ नै उच्च जोखिम ‘रेड जोन’मा परेको अवस्थामा दाङमा सर्तकता अपनाएको हो ।

कोरोना संकट व्यवस्थापन केन्द्र निर्णय नै गरेर जिल्लालाई कडाई गर्ने भएको हो । सोमबार बसेको बैठकले दाङ भित्रिने चारवटा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

अहिले ति नाकामा प्रहरी चौबिसै घण्टा खटिएको भन्दै अब स्वास्थ्यकर्मीलाई पनि चौबिसै घण्टा खटाउने निर्णय भएको छ । बैठकले अमिलिया, भालुवाङ, कोइलावास र हापुरेको नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँच गर्नुका साथै अनाश्यक रूपमा भित्रिने र बाहिरिने सवारी साधनलाई कडाइ गर्दै कारवाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । अति आवश्यक बाहेक कुनै पनि सवारी साधन सञ्चालन गर्न नदिने निर्णय भएको उनले बताए ।

दाङमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगका मजदुरहरू तथा मस्जिदहरूमा प्राय सबैको ¥यापिड टेष्ट गर्ने निर्णय गरेको छ । साथै बैठकले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा सिल (बन्द) गर्ने समेत बैठकले निर्णय गरेको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्रले दाङमा प्रवेश गरिने पूर्व–पश्चिम र उत्तरी क्षेत्रका नाका सिल गरेको छ । छिमेकी जिल्ला बाँकेमा कोरोनाका संक्रमित भेटिएपछि दाङमा पनि संक्रमण फैलन सक्ने भन्दै यसको रोकथामका लागि यस्तो निर्णय गरेर नाका सिल गरेको हो ।

बैठकले लकडाउनको पालनामा नागरिकहरू जिम्मेवार नदेखिएको भन्दै अनुशासित बनी रोगसँगको प्रतिकार्यमा जुट्न अपिलसमेत गरेको छ ।

यसैगरी, राहत वितरणलाई थप प्रभावकारी बनाउँदै मजदुर तथा विपन्न परिवारको छाक बस्ने अवस्था आउन नदिने निर्णय भएको छ । बैठकले ¥यापिड टेष्ट गर्ने कार्यलाई व्यापक बनाउने निर्णय गरेको हो । आजसम्म कोरोना संक्रमण नदेखिएको दाङलाई सुरक्षित राख्न समितिले नाका सिल गरेको हो । दाङबासीहरूले नाका सिल गर्न र लकडाउन कडाइ गर्न अनुरोध गरेका थिए ।

२०७७/०१/२२ गते बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको बैठकले गरेका निर्णयहरू

  • पूर्व–पश्चिम राजमार्गको जिल्ला प्रवेश विन्दु धानखोला र शिवखोलामा अन्य जिल्लाबाट प्रवेश गर्ने सवारी साधनहरूको चेकजाँचमा कडाई गर्ने ।
  • अत्यावश्यक सेवाका सवारी साधन समेतले इजाजत वेगर मानिस ओसारपसार गर्न सक्ने सम्भावना भएकाले सबै सवारी साधनहरूको अनिवार्य रूपमा परिक्षण गरेर मात्र आवतजावत गर्न दिने ।
  •  कुनै पनि सवारी साधनले इजाजत नलिई मानिस ओसारपसार गरेको पाईएमा तत्काल सवारी साधनलाई समेत नियन्त्रणमा लिने ।
  • जिल्लामा सञ्चालित विभिन्न कारखानाहरू र इट्टा उद्योगमा काम गर्ने भारतीय नागरिकहरूको उद्योगभित्र नै व्यवस्थापन गर्न र बाहिर निस्कन नदिनका लागि पहल गर्न सम्बन्धित उद्योगहरूलाई पत्राचार गर्ने ।
  • जिल्लामा रहेका सम्भाव्य जोखिम हुनसक्ने व्यक्तिहरूको पीसिआर लगायतको परिक्षणको व्यवस्था स्वास्थ्य कार्यालय दाङले मिलाउने र यसको सहजीकरण जिल्ला प्रशासन कार्यालय दाङ, जिल्लास्थित सुरक्षा निकायहरू र सबै स्थानीय पालिकाहरूले गर्ने ।
  •  जिल्लामा रहेका सिमेन्ट कारखाना र इट्टा उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीहरूको अवस्था बुझ्न उद्योग निरिक्षणका लागि जिल्लास्थित सुरक्षा निकायहरूको प्रतिनिधित्व रहने गरी टोली बनाई परिचालन गर्ने ।
  • पूर्व–पश्चिम राजमार्गको कालाकाटे र अमिलिया तथा बबई गाउँपालिकाको हंसपुरमा सुरक्षाकर्मीसहितको हेल्थ डेस्क सम्बन्धित स्थानिय तह, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रही बल नेपाल २९ नं. गणको समन्वयमा स्थापना गरी तत्काल सञ्चालनमा ल्याउने ।
  •  खाद्यान्न, तरकारी, ग्याँस, औषधीलगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्ने र बिरामी बोकेका एम्बुलेन्सबाहेक अन्य सवारी साधनलाई रात्रीको समयमा सञ्चालनमा रोक लगाउने ।
  • दाङ जिल्लाबाट अन्य जिल्लामा विभिन्न अत्यावश्यक कामका लागि जान चाहने व्यक्तिहरूले जानु पर्नाको कारणसहित सवारी पास माग गरेमा जानुपर्ने जिल्लाको सहमतिबिना पास उपलब्ध नगराउने ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here