Friday, April 26, 2024
Homeफिचरक्वारेन्टाइनमा डोको र स्विटर बुन्दै

क्वारेन्टाइनमा डोको र स्विटर बुन्दै

- Advertisement -spot_img

प्रदेश टुडे
रूकुम (पूर्व), २३ बैशाख ।

कोरोनाका कारण कार्यस्थलबाट घर फर्किएका रूकुम पूर्वका मजदुरहरू क्वारेन्टाइनमै विभिन्न सामग्रीहरू बनाएर समय बिताउँदै छन् । भूमे गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा कार्यस्थलबाट फर्किएकाहरूले विभिन्न सामग्रीहरू बनाउने काम गरिरहेका छन् ।

भूमे गाउँपालिका–१ स्थित सिद्धचौर मावि लुकुममा बनाइएको क्वारेन्टाइनमा बसेका पुरूषहरूले डोको, मान्द्रो र महिलाले उनबाट टोपी तथा स्वीटर बुन्ने गरेको छन् । विभिन्न जिल्लामा अलपत्र परेका मजदुर र विद्यार्थीलाई गाउँपालिकाले उद्धार गरेर स्कूलमा राखेको छ ।

उनीहरूले घरपरिवारसँग डोको, मान्द्रो, फिटुवा बुन्नको लागि बाँस तथा उन र स्वीटर, काम्लो बुन्नको लागि आवश्यक सामग्री मागेर काम गर्दै आएका छन् । क्वारेण्टीनमा यस्तो व्यवस्था भएपछि आफूहरूलाई दिन बिताउन सजिलो भइरहेको उनीहरूले भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here