Saturday, April 27, 2024
Homebreaking-newsबढ्दै संस्थागत रक्तदाता

बढ्दै संस्थागत रक्तदाता

- Advertisement -spot_img

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी रक्तादान गर्दै बैंकर्स क्लवका पदाधिकारीहरु ।


 

प्रदेश टुडे
तुलसीपुर, २० बैशाख ।

लकडाउनका कारण जिल्लामा रगतको अभाव देखिएपछि जिल्लामा संस्थागत रूपमा रगत संकलन गर्न थालिएको छ । दाङका विभिन्न सामाजिक संघ संस्थाहरूले रक्तदान गर्न थालेका हुन् ।
जिल्लामा रगतको अभाव भएपछि वर्गअनुसार समेत रगत संकलन भएको र त्यो निरन्तर रूपमा अघि बढिरहेको रक्त सञ्चार केन्द्रका इन्चार्ज दिलिप पौडेलले बताए ।

अहिले समूह, संस्था र व्यक्तिले रगत दिइरहेको बताए । उनले अहिले रगतको अभावको अवस्था कम भएको उनले बताए । संस्थागत रूपमा रगतदान बढेपछि अहिले आपूर्ति र व्यवस्थापनमा केही सहज भएको रक्तसञ्चार केन्द्रले जनाएको छ । विभिन्न संघ संस्थादेखि ड्युटीमा रहेका ट्राफिक प्रहरीले समेत रगतदान गरेका छन् ।

विजौरीमा ड्युटीमा रहेका ट्राफिक प्रहरी डिल्ली आचार्यले कार्यथलोमै रक्तदान गरे । अन्य संस्थाहरूले घर–घरबाट रक्तदान गरेका छन् । लकडाउन अवधिभरी ३ सय २३ प्वाइन्ट रगत दाताहरूबाट संकलन भएको छ ।

भने वितरण २ सय ८९ प्वाइन्ट रगत खपत भएको रक्तसञ्चार केन्द्रका इन्चार्ज दीलिप न्यौपालेले बताए । उनका अनुसार यो अवधिमा संस्थागत रक्तदान गर्नेहरू जेसिज, अनेरास्ववियु, सन्त निरङ्कारी, तुलसीपुर बैंकर्स, भिष्म स्मृति, दारी ग्याङ, क्यान महासंघ, रोट्रयाकलगायतका रहेका छन् ।

यसैबीच शुक्रबार श्रमिक दिवसको अवसर तुलसीपुर बैंकर्स क्लवले रक्तदान गरेको छ । कोभिड–१९ को महामारीको समयमा बिरामीहरूलाई रगतको अभाव देखिएको र रक्तसञ्चार केन्द्रमा समेत रगत अभाव भएपछि क्लवले सदस्यहरूबाट रक्तदान अभियान सञ्चालन गरेको हो ।

तुलसीपुर रक्तसञ्चार केन्द्रमा सहभागी भएर अभाव हटाउन रक्तदान गरिएको क्लवका अध्यक्ष सरोज लामिछानेले बताए । पहिलो चरणमा पदाधिकारी तथा सदस्यहरूले रक्तदान गरेको र आवश्यक परे अरू पनि गरिने उनले बताए ।

केहि दिन अघि भिष्म प्रतिष्ठान विजौरीले जिल्लाको रगतको अभाव कम गर्न रक्तदान गरेको छ । विगतका वर्षहरूदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको प्रतिष्ठानले अहिले पनि रक्तदान गरेको सदस्य विदुर गौतमले बताए 

। प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ प्वाइन्ट रगत संकलन भएको छ । भिष्म प्रतिष्ठानका उपाध्यक्ष शिवराज खत्रीको अध्यक्षतामा तथा काँग्रेस नेता श्याम रेग्मीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको थियो ।

उक्त अवसरमा रेडक्रसका जिल्ला सदस्य भिमलाल मरासिनी, विजौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मुकेश वली, प्रहरी चौकी हेमन्तपुर इन्चार्ज इन्द्र बहादुर पाल, पत्रकार महासंघका सहसचिव गोकर्ण पौडेललगायतको सहभागिता रहेको थियो ।

यसैबीच राष्ट्रिय युवा संगठन लगायतले पनि रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गरेका छन् । संस्थात र समूहगत रक्तदाताहरू बढिरहेको र मानवीय कार्यमा सेवा पु¥याइरहेको नेपाल रेडक्रस सोसाइटी दाङका शाखा अधिकृत विश्राम अधिकारीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here