Wednesday, April 24, 2024
Homeफिचरकागतीको विरुवा वितरण

कागतीको विरुवा वितरण

- Advertisement -spot_img

दिप्तीशिखा चौधरी
दंगीशरण, ५ चैत।

पश्चिम दाङको दंगीशरण गाउँपालिकाले गाउँपालिकामा रहेका किसानहरूलाई कागतीको विरूवा वितरण गरेको छ। गाउँपालिकाले प्रति घरधुरी बराबर ५० बोटका दरले १२ वटा घरधुरीलाई वितरण गरेको हो।

मंगलबार एक कार्यक्रको आयोजना गरी गाउँपालिका अध्यक्ष भागीराम चौधरीले किसानहरूलाई विरूवा वितरण गरेका हुन्।

तराई भू–परिधि कार्यक्रम अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको समन्वयमा वडा नं. १ का मलई, ठाटी र कालितराका किसानहरूलाई विरूवा प्रदान गरिएको हो।

पहाडी भेगमा कागतीको उत्पादन राम्रो हुने भन्दै उक्त क्षेत्रका किसानहरूलाई कागती विरूवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए।

पहाडी भेगका नागरिकलाई कागती खेतीका लागि सहज होस् भन्ने उद्देश्यले विरूवा वितरण गरिएको उनले बताए।

यसले किसानलाई धेरै सहयोग उपेक्षा समेत लिएको बताए। ‘कागती बिक्रीबाट मनग्य आम्दानी गर्न सकिन्छ, उनले भने– ‘धान, गहुँ, मकै नहुने ठाउँमा फलफुल खेती गर्न निकै उत्तम हुन्छ,

कागती खेतीको व्यापार फस्टाउँदो हुन्छ र यसबाट आयआर्जनको स्रोत समेत बढ्नेछ।’ कागती खेतीका लागि विरूवा पाएको भन्दै त्यस क्षेत्रका स्थानीयहरू खुशी भएका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here