Friday, April 26, 2024
Homebreaking-newsकोरोना रोकथामका लागि जेसिजको अभियान

कोरोना रोकथामका लागि जेसिजको अभियान

- Advertisement -spot_img

तुलसीपुर, २४ फागुन । विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि तुलसीपुर नगर जेसीजले सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
जेसीजले आज शनिबारदेखि तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकामा सचेतना अभियान सञ्चालन गर्ने भएको हो ।
चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर फैलिरहेको अवस्थामा नेपाल पनि उच्च जोखिममा रहेकोले कोरोनाबाट बच्न पूर्वतयारीका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्न लागेको तुलसीपुर नगर जेसीजका अध्यक्ष मोहन सुनारले जानकारी दिए ।
कोरोना भाइरसका लक्षणहरू र यसबाट बच्न सकिने कुराहरू उल्लेख गरिएको पर्चा, पम्पलेट सबैको घर–घरमा पु¥याउने र अन्य विभिन्न माध्यमबाट अभियानलाई प्रभावकारी बनाउने उनले बताए ।
‘मानवीय सेवामा निरन्तर जेसीज छ, अहिले पनि विश्वभर फैलिएको कोरोनाबाट बच्नका लागि पूर्वतयारीका लागि जनचेतना अभियान सञ्चालन गर्न थालिएको छ’ उनले भने– ‘मानवीय सेवामा हामी निरन्तर छौँ ।’
जेसीजले अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरका–१९ वटै वडामा संयोजक र सहयोगीसमेत तोकेको छ । जेसीजले सार्वजनिक गरेको तालिका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को संयोजकमा चेतन कडेँल,
वडा नम्बर २ को संयोजक मेघराज भण्डारी, वडा नम्बर ३ को संयोजकमा मोतिराम भुसाल, वडा नम्बर ४ का संयोजकमा सागर न्यौपाने, वडा नम्बर ५ को संयोजकमा सैलेश कुमार वली, वडा नम्बर ६ को संयोजकमा कमलप्रकाश शर्मा,
वडा नम्बर ७ को संयोजकमा थुम्मन विक, वडा नम्बर ८ को संयोजकमा बुद्धिराज सापकोटा, वडा नम्बर ९ को संयोजक रोमप्रसाद भट्टराई, वडा नम्बर १० को संयोजकमा पूर्णविक्रम डाँगी रहेका छन् ।
त्यसैगरी वडा नम्बर ११ को संयोजकमा सुरज भण्डारी, वडा नम्बर १२ को संयोजकमा शालिकराम वली, वडा नम्बर १३ को संयोजकमा मदन गौतम, वडा नम्बर १४ को संयोजकमा माधवप्रसाद न्यौपाने, वडा नम्बर १५ को संयोजकमा छविकुमार वली, वडा नम्बर १६ को संयोजकमा मेघराज वली, वडा नम्बर १७ को संयोजकमा एकराज भण्डारी,
वडा नम्बर १८ को संयोजकमा कान्तुराम खनाल र वडा नम्बर १९ को संयोजकमा बसन्त भण्डारी रहेका छन् । संयोजकको साथमा एकजना सहयोगी पनि खटिने जेसीजले जनाएको छ ।
जेसीजले अभियानलाई प्रभावकारी बनाउनका लागि शान्तिनगर गाउँपालिका संयोजकमा सन्दिप भुसाल, बबई गाउँपालिका संयोजकमा कृष्णप्रसाद पोखरेल र दंगीशरण गाउँपालिका संयोजकमा केशवराज केसीलाई तोकेको छ ।
आज शनिबारदेखि शुरू भएको अभियान कोरोना जोखिम कम नहुँदासम्म जारी रहने अभियानका मूल संयोजक नेत्रलाल भट्टराई ‘नारायण’ले जानकारी दिए ।
‘हामीले जिम्मेवारी दिएका व्यक्तिले सम्बन्धित वडा तथा गाउँपालिकासँग सहकार्य गरेर सबैको घर–घरमा कोरोनाबाट बच्न सकिने र कोरोनाका लक्षण भएका पम्पलेट पु¥याउने छन्’ उनले भने– ‘पर्चा पम्पलेट सबैको घरमा पु¥याउनका लागि विभिन्न विद्यालय तथा मानिसहरू जम्मा हुने ठाउँमा अभियान सञ्चालन गरिनेछ ।’
जेसीजले बजारमा अभाव रहेको मास्कको सहजताका लागि प्रशासनसँगको सहकार्यमा सूपथ मूल्यमा सहजरूपमा मास्क उपलब्ध गराउने विषयमा छलफल चलाएको उनले बताए ।
अभियानअन्तर्गत ५ हजार पम्पलेट घरका भित्तामा टाँसिने छ भने ५० हजार पम्पलेट घरमा पु¥याइने उनले बताए । जेसिजले शुक्रबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर कोरोना नियन्त्रण तथा रोकथामका लागि अभियान सञ्चालन गर्न लागेको जनाएको हो ।
तुलसीपुर नगर जेसीजका अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको पत्रकार सम्मेलन भएको हो । जेसिजका प्रवक्ता शरद देवकोटाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here