Friday, April 26, 2024
Homeमुख्य खबरक्रियाशील पत्रकारको रिजाललाई सहयोग

क्रियाशील पत्रकारको रिजाललाई सहयोग

- Advertisement -spot_img

तुलसीपुर, १९ फागुन । क्रियाशील पत्रकार संघ दाङले मुटुको बिरामी पत्रकार महेश रिजाललाई आर्थिक सहयोग गरेको छ ।
मुटुको भल्वमा समस्या भएर अपरेशनपछि उपचाररत रहेका रिजालको उपचारमा सहयोग पु¥याउने उद्देश्यले संघको तर्फबाट १० हजार ५ रूपैयाँ सहयोग गरेको अध्यक्ष गोपाल शर्मा भट्टराईले बताए ।
संघले वार्षिक रूपमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र यस वर्ष सहकर्मी पत्रकारकै उपचारका लागि सहयोग गरेको उनले बताए ।
क्रियाशील पत्रकार संघले विगतका वर्षहरूदेखि नै सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको छ । रिजाललाई सहयोग कार्यक्रमको आयोजना गरी तुलसीपुरमा भएको कार्यक्रममा रकम सहयोग गरिएको हो । सहयोग कार्यक्रमको सहजीकरण सचिव गणेश आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here