Friday, April 26, 2024
Homeमुख्य खबरलिटिल फ्लावरको २१औं वार्षिकोत्सव

लिटिल फ्लावरको २१औं वार्षिकोत्सव

- Advertisement -spot_img

तुलसीपुर, ४ फागुन । लिटिल फ्लावर ईङलिस बोर्डिङ स्कुलको २१आँै वार्षिक उत्सव सम्पन्न भएको छ । तुलसीपुर उपहानगरपालिका–१८ विजौरीमा रहेको विद्यालयले शनिबार विविध कार्यक्रम गरी वाार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवमणि देवकोटाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं नगरप्रमुख पाण्डेले हरेक विद्यालयमा बालमैत्री शिक्षण सिकाइ अनिवार्य रूपमा लागू गर्नुपर्ने बताए ।
तुलसीपुर क्षेत्रलाई शैक्षिक हवका रूपमा स्थापित गर्नका लागि नगरले विभिन्न कार्ययोजनाहरू निर्माण गरेको उनले बताए । ‘बालबालिकाहरूका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नु तपाई हाम्रो जिम्मा हो’ उनले भने ‘यसका लागि शिक्षक र अभिभावकहरू विशेष भुमीका रहन्छ ।’
बालबालिकाहरूलाई पाठ्यक्रममा आधारित शिक्षा मात्र नभई ब्यवहारिक शिक्षा प्रदान गर्ने बानीको विकास गर्न जरूरी रहेको तुलसीपुर नगर शिक्षा संयोजक देवराज विश्वकर्माले बताए ।
कुनैपनि बालबालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि अभिभावक र शिक्षकले उनीहरूको अवस्था, भावना र आवश्यकतालाई बुझ्न जरूरी रहने उनको भनाई छ ।
यस्तै उपमहानगरका शिक्षा महाशाखा प्रमुख भाष्करराज गौतम, वडा नं १८ का वडा अध्यक्ष मानबहादुर वली, प्याब्सन नेपालका पूर्व केन्द्रीय सदस्य लम्बोदर लामछिाने, नेपाल रेडक्रस सोसाईटी विजौरी उपशाखाका सभापति केशवकुमार पोख्रेल लगायतले हरेक विद्यालयमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताए ।
बालबालिकाहरूलाई विद्यालयमा मात्र नभई समाजमा टिक्न र बिक्न सक्ने बनाउनका लागि विद्यालय, परिवार र समाजले बालमैत्री शिक्षा पद्धति अपनाउन जरूरी रहेको औँल्याए ।
कार्यक्रममा बिद्यालयका प्रिन्सिपल विश्वमणि देवकोटाकाले आगामी शैक्षिक शत्रदेखि विद्यालयमा भए गरेका हरेक गतिविधिहरूलाई अझ प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालयको वार्षिक प्रतिवेदन तथा गतिविधि प्रस्तुत गर्दै विद्यार्थीहरूलाई मन्टेश्वरी विधि र बालमैत्री वातावरण गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । विद्यालयका शिक्षक हरिलाल पौडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रिन्सिपल राजेन्द्र गिरीले गरेका थिए ।

पारिजातको पाँच वार्षिकोत्सव

पारिजात इङ्लिस वोर्डिङ स्कुलको पाँचौ वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यस्थापन समिति अध्यक्ष बलबहादुर पुनको अध्यक्षता एवं नेसनल प्याब्सन प्रदेश नं ५ का संयोजक सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
शनिबार भएको कार्यक्रममा सहभागी शिक्षा सरोकारवालाहरूले अभिभावक र शिक्षकले बालबालिकाहरूमा गुणस्तरीय शिक्षा र असल आचरणको विकास गर्न जरूरी रहेको बताएका छन् ।
बालबालिकाहरू समृद्ध समाज निर्माणका प्रमुख आधार स्तम्भ रहेको भन्दै उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि डाँगीले विद्युतीय उपकरणको अत्याधिक प्रयोगका कारण बालबालिकाहरूको मस्तिष्क कमजोर बन्दै गएको बताए ।
आधुनिक प्रविधिको सही सदुयोग हुन नसक्दा बालबालिकाहरू खतरनाक अवस्थामा गुज्रिरहेको भन्दै उनीहरूलाई अभिभावक र शिक्षकले आफ्नो निगरानीमा राख्न जरूरी रहेको औँल्याए ।
‘जबसम्म हामीले बाल–बालिकाहरूलाई बुझ्न सक्दैनौँ तबजम्म उनीहरूको शैक्षिक गुणस्तरमा बृद्धि हुन सक्दैन’ उनले भने ‘यसर्थ अभिभावक र शिक्षकहरू यस विषयमा बढी सजक र जिम्मेवार हुन आवश्यक छ ।’
कार्यक्रममा नेशनल प्याब्सन दाङका अध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने, सचिव ठाकुर डाँगी, प्रवक्ता भागवत भट्टराई, हरिप्रसाद भण्डारी लगायतले सिपमूलक शिक्षाको विकास गर्न जरूरी रहेको बताए ।
बालबालिकाहरूलाई सैद्धान्तिक शिक्षा मात्र नभई व्यवहारिक र अतिरिक्त क्रियाकलापका बारेमा समेत ज्ञान दिन जरूरी रहेको बताए । पछिल्लो समय समाजमा संस्कारयुक्त शिक्षाको अभाव हुँदै गएको भन्दै यस विषयमा समेत अभिभावक र विद्यालय परिवारले ध्यान दिन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रोमर्श शर्माले आगामी दिनमा विद्यालयका हरेक गतिविधिहरू फरक बनाउँदै लैजाने बताए ।
अन्य विद्यालयको तुलनामा आफ्नो विद्यालयको शैक्षिक गतिविधि नयाँ र फरक बनाउने उद्देश्य रहेको बताउँदै बालबालिकालाई स्वतःस्फूर्त रूपमा पढ्ने बानीको विकास गर्न सोहिअनुसारको वातावरण निर्माण गर्ने उनको भनाइ छ ।
कार्यक्रममा शिक्षिका बर्षा भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने विद्यालयको बारेमा कक्षा २ का छात्र स्वप्निल ढकालले जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक राजु आचार्य र कक्षा ९ मा अध्ययनरत छात्रा सपना कुँवरले गरेका थिए ।

नवनिर्वाचितलाई सम्मान

यसैबीच पारिजात इङ्लिस बोर्डिङ स्कुलले नेसनल प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । विद्यालयले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा गत माघ २८ गते सम्पन्न नेसनल प्याब्सन दाङको पाँचौं जिल्ला अधिवेशनमार्फत निर्वाचित भएका व्यक्तिहरूलाई सम्मान गरेको हो ।
विद्यालयले अध्यक्ष पदमा निर्वाचित विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने, सचिव ठाकुर डाँगीलगायत अन्य व्यक्तिहरूलाई समेत सम्मान गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here