Monday, April 22, 2024
Homeमुख्य खबरसंस्कारयुक्त शिक्षाको विकास गरौं

संस्कारयुक्त शिक्षाको विकास गरौं

- Advertisement -spot_img

तुलसीपुर, ३ फागुन । आर्थिक विकास र समृद्ध समाज निर्माणका लागि संस्कारयुक्त शिक्षाको विकास गर्नुपर्ने एक कार्यक्रमका सहभाीगहरूले बताएका छन् ।
समाज रूपान्तरणका लागि सिप र संस्कारको महत्वपूर्ण भूमिका हुने उनीहरूले बताए । शुक्रबार भ्याली स्टार इङ्लिस बोर्डिङको २५औँ रजत महोत्सवका अवसरमा उनीहरूले यस्तो बताएका हुन् ।
पछिल्लो समय विद्यार्थीहरूमा व्यवहारिक र नैतिक शिक्षाको अभाव हुँदै गएको सहभागीहरूले बताए । शिक्षामा गुणस्तरीयता र सिकाइमा नयाँपन ल्याउनका लागि शिक्षक र अभिभावकले बालबालिकाको मनोभावना बुझ्न जरूरी रहेको बताए । कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष नवराज लामिछानेले बालबालिकाहरूको शैक्षिक अवस्था अनिवार्य रूपमा सुधार गर्न आवश्यक रहेको औँल्याए ।
प्रमुख अतिथिसमेत रहेका उनले परम्परागत शिक्षण सिकाइले बालबालिकाहरूको क्षमता विकास हुन वर्षौँ लाग्ने भन्दै उनीहरूलाई प्रविधिमैत्री, बालबालिकामैत्री र संस्कारयुक्त शिक्षाको विकास गर्नुपर्ने बताए ।
‘हामी आफ्ना बालबालिकाहरूलाई आफ्नो समय अनुसार पढाउने, सिकाउने गर्दछौँ, उनले भने ‘यसले बालबालिकाहरूमा खतरनाक अवस्था सिर्जना गर्दछ, यसर्थ बालबालिकाहरूले जतिबेला जुन ज्ञान आर्जन गर्न चाहन्छन् त्यसको बारेमा सिकाउन र बुझाउनतर्फ लागौँ ।’
अभिभावकले आफ्ना बालबालिकाहरूलाई पर्याप्त समय दिन नसक्दा बालबालिकाहरू कुन अवस्थामा छन् ? के गर्दै छन् ? भन्ने विषय गम्भीर बन्दै गएको उनले बताए ।
विद्यालयले आफ्ना बालबालिकाहरूको शैक्षिक अवस्था कस्तो छ ? उनीहरूले कसरी पढिरहेका छन् ? शिक्षण सिकाइले खुशी छन या छैनन् भन्ने विषयमा सोच्नुपर्ने उनको भनाइ छ ।
प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मुधसुदन केसीले बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि अभिभावक र विद्यालय परिवार सचेत हुनुपर्ने बताए ।
अभिभावकले आफ्नो निजी स्वार्थका लागि बालबालिकाहरूलाई विद्यालयको पढाइबाट टाढा राख्ने बानीका कारण बालबालिकाहरूको सिकाइप्रति नकारात्मक प्रभाव पर्दै गएको उनले बताए ।
‘छोराछोरीले घरको काममा सहयोग पु¥याउने, आफ्नो काम गरिदिने जस्ता स्वार्थले उनीहरूमा संस्कार, नैतिकता, असल आचरणका कुराहरू कमी हुँदै गएको छ’
उनले भने ‘यसर्थ बालबालिकालाई विद्यालयको समयमा बाहिर बनाउने काम नगरौँ ।’ विद्यार्थीलाई कस्तो शिक्षा दिने, उनीहरूलाई कस्तो बनाउने, उनीहरूबाट के अपेक्षा राख्ने भन्ने सम्पूर्ण विषय अभिभावक र विद्यालय परिवारसँग जोडिने भएकाले समयमै यसतर्फ ध्यान दिन जरूरी रहेको उनले औँल्याए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुनिल गौतमले बालबालिकाहरूको सिकाइलाई गुणस्तरीय बनाउनका लागि आगामी दिनमा मन्टेश्वरी विधिको प्रयोग गरिने बताए । पढाइमा जागरूकता, उत्प्रेरणा र सरलता प्रदान गर्नका लागि आधुनिक प्रविधिको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर शिक्षा, प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको बताए । हाल कक्षा १० सम्म पढाइ हुँदै आएको विद्यालयलाई कक्षा १२ सम्म सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।
कार्यक्रम विद्यालयका शिक्षकद्वय दामोदर लामिछाने र वर्षा डाँगीको स्वागत मन्तव्यबाट सुरू भएको थियो । विद्यालय सञ्चालन समिति अध्यक्ष अमिर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक कृष्ण मिलन शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here