Thursday, May 2, 2024
Homebreaking-newsज्ञानदिपमा स्वागत र बिदाइ कार्यक्रम

ज्ञानदिपमा स्वागत र बिदाइ कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, २७ माघ । तुलसीपुरमा रहेको ज्ञानदीप कलेज स्नातक तहमा नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत एवं अध्ययन पूरा गरेर जाने विद्यार्थीहरुलाई बिदाइ गरिएको छ ।
कलेजमा स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको हो भने चौथो वर्षका विद्यार्थीहरुलाई बिदाइ गरिएको हो । स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका हुन् ।
कलेजका छात्र हेमराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्वर ६ का वडा अध्यक्ष नवराज लामिछानेले गुणात्मक शिक्षाको विकासका लागि ज्ञानदीपले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनले नयाँ प्रवेशी विद्यार्थीहरुलाई स्वागतका साथै बिदाइ भएर जाने विद्यार्थीहरुलाई शुभकामनासमेत दिएका थिए ।
लगनशीलता र धैर्यताले विद्यार्थीलाई सफल बनाउने भन्दै निरन्तर पढाइमा लागिरहन आग्रह समेत गरेका थिए । कलेजका प्राचार्य सुरेन्द्र जिसीले विद्यार्थीले पाउने सफलता नै शिक्षकको खुसी भएको बताउँदै नयाँ शैक्षिक यात्राको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै विद्यार्थी तेजबहादुर डाँगीले कलेजमा सिकेका कुरालाई जीवनको हरेक क्षणमा लागू गर्ने बताए ।
कार्यक्रममा विद्यालयमा सहप्राचार्य सुरेन्द्र जिसी, शैक्षिक संयोजक शरद गौतम, शिक्षक डिल्लीराज धिताल, विद्यार्थी हेमन्त वलीलगायतले मन्तव्य राखेका थिए ।
उक्त अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुति राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here