Monday, April 22, 2024
Homebreaking-newsरेडियो दिवस अन्तरक्रिया

रेडियो दिवस अन्तरक्रिया

- Advertisement -spot_img

घोराही, २६ माघ । अको¥याप प्रदेश नं ५ ले दाङमा रेडियो दिवसको अवसरमा अन्तरक्रिया गरेको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलको सहभागितामा पत्रकारहरू बीच अन्रतक्रिया गरेको हो ।
कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले सूचना र प्रविधिको विकास भइरहेको अवस्थामा सामुदायिक रेडियोहरूले समय सान्दर्भिक विषयवस्तुहरूलाई उठाउनुपर्ने वताए ।
रेडियो तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जालले चुनौती दिईरहेको अवस्थामा सत्यतथ्य तथा समयसापेक्ष अनुसार चल्न उनले सुझाव दिएका थिए । जथाभावी प्रयोग गरिने सामाजिक सञ्जाललाई नियमन गर्नको लागि सरकारले नीति बनाउन लागेकाले सञ्चार माध्यमहरूले पनि ऐक्यवद्धता जनाएर सहयोग गर्न अनुरोध गरे ।
राज्यका नीतिहरूलाई कार्यान्वयन गराउनको लागि सञ्चार माध्यमहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले स्थानीय जनताको आवाजलाई बुलन्द गर्न सुझाव दिए ।
स्थानीय जनताको आवाजलाई बुलन्द गराउन सकेमा मात्र सामुदायिक रेडियोहरू स्थापित हुनसक्ने उनको भनाइ थियो । प्रदेशसभाका सदस्य रेवतीरमण शर्माले पछिल्लो समयमा रेडियोहरू ओझेलमा पर्दै गएको बताए ।
वास्तविक जनताका आवाज र स्थानीय विषयवस्तुलाई समयसापेक्ष अनुसार उठान गर्न नसक्दा यि समस्याहरू देखिएको उनले बताए । सामुदायिक रेडियो प्रसारक संघका निवर्तमान अध्यक्ष मोहन चापागाईले सबै वर्गलाई रेडियोहरूले समेटन् नसकेमा दिगो विकासमा जान नसक्ने बताए ।
समय सान्दर्भिक अनुसार सबै वर्गलाई समेट्नुपर्ने उनको भनाइ थियो । समाजका विधि विचार नै समाजको दिगो विकास तथा मुख्य आधार भएको उनको भनाइ थियो ।
तुलसीपुर उपमहानगर–पालिकाका प्रमुख घनश्याम पाण्डेले रेडियो सञ्चालकहरूले निश्चित मोडल बनाएर अगाडि बढ्नु पर्ने बताए । आवाज विहीनहरूको आवाजलाई समेट्नुपर्ने उनको भनाइ थियो ।
सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले नीतिगत सवालमा रेडियोहरू गम्भीर रहेको बताएका थिए । विपतीमा रहेका सामुदायिक रेडियोहरूलाई सरकारले गरेको सहयोग सह्रानीय भएको बताए । सूचना प्रविधिको प्रभाव रेडियोहरूमा परेकाले रेडियोप्रतिको विश्वास कायमै रहेको उनको भनाइ थियो ।
सामुदायिक रेडियो प्रसारक संघका संयोजक केपी घिमिरेको अध्यक्षतामा भएको थियो । छलफलमा महिला अधिकारकर्मी विमला योगी, सञ्चारकर्मी मधुसुदन वैद्य,
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, राजमोका गणेश आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव संगीत बस्यालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here