Friday, April 26, 2024
Homeसम्पादकीयनिःशुल्क शिक्षा कहिले

निःशुल्क शिक्षा कहिले

- Advertisement -spot_img

सरकारले १० कक्षासम्मको शिक्षालाई निःशुल्क शिक्षा भनेको छ । यो भनाईले सबै बालबालिकाहरूले सरकारीस्तरबाट निःशुल्क शिक्षा पाउनुपर्छ । त्यसमा पनि सामुदायिक विद्यालयहरूले त अनिवार्य रूपमा नै यो लागू गर्नेपर्छ ।
तर दाङका सरकारी तथा सामुदायिक विद्यालयहरूले निःशुल्क शिक्षा दिन सकेका छैनन् । सयौं बालबालिका शुल्ककै कारण पढाइबाट बञ्चित भएका छन् । यो अवस्था आउनु दुखद् हो । विपन्न समुदाय, परिवारका बालबालिकाहरू यसबाट अझ प्रत्यक्ष रूपमा प्रभावित हुनुले झनै गिज्याउनु स्वभाविक हो ।
अहिले हाम्रा सामुदायिक विद्यालयमा यस्तै भएको छ । शुल्क नतिर्दा पढ्न पाइदैन, शुल्ककै कारण विद्यालय छोड्ने अवस्था देखिएको छ । त्यसतर्फ सरोकारवालाहरूले तत्काल ध्यान दिनुपर्छ । शिक्षाको उज्यालो घामबाट कोही कतै बञ्चित हुन हँुदैन ।
बेला–बेला सामुदायिक विद्यालय सुधारिएर । राम्रो बन्दै जान थाले भन्ने खबर त सार्वजनिक हुन्छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारिनु राम्रो पक्ष पनि हो ।
शैक्षिक गुणस्तर, पूर्वाधार, र सिकाइ मात्रै हैन विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरूले निःशुल्क रूपमा शिक्षा आर्जन गर्ने वातावरण गराउनु सबैभन्दा राम्रो हो ।
शिक्षामा गुणस्तर कम भइरहेको सार्वजनिक भइरहदा सामुदायीक विद्यालयमा विद्यार्थीको अवस्था र सख्या र सहभागिता सोचेजस्तो नदेखिनु कमजोर देखिनु सबैको चासोको विषय हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको विद्यार्थीको आकर्षण कम छैन तर शुल्ककै कारण विद्यँर्थीहरू विचलन हुनुले विद्यालयमा मात्रै हैन सरकारी निःशुल्क शिक्षाको नीतिलाई समेत खल्लो बनाउँछ ।
बालबालिकाबाट शुल्क लिने र शिक्षण गराउने हो भने त्यो सरकारी हैन निजी विद्यालय हुन्छ । हाम्रा सरकारी विद्यालयहरूलाई शुल्कका बहानामा निजीकरण गरिनु कदापि राम्रो हैन ।
शिक्षा सर्वश्रेष्ठ हुन्छ । शिक्षा हासिल गर्न वर्ग, क्षेत्र, जात, समुदाय आवश्यक पर्दैन । शुल्कका नाममा कुनै पनि वर्ग शिक्षाबाट बञ्चित पनि हुनुहुँदैन ।
निःशुल्क शिक्षामै रहेर जिल्लामा धेरै सामुदायिक विद्यालयहरूले आफ्नो अब्बलता देखाइरहेका छन् । त्यो अब्बलतालाई अन्य सामुदायिक विद्यालयहरूले पनि अनुशरण गरेर सबै बालबालिाकाहरूलाई निःशुल्क अध्ययनको वातावरण बनाउन प्रयास गर्नुपर्छ ।
आर्थिक अभाव र शिक्षककै लागि शुल्क लिन लागिएको हो भने राज्यले दुबै चिजको व्यवस्थापन गर्नुपर्छ । नीतिमा मात्रै पनि लैजान सकेमा सामुदायिक शिक्षामा धेरै सुधार आउने पक्का छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here