Sunday, April 21, 2024
Homeमुख्य खबरटिकापुर घटनाको प्रतिवेदन सार्वजनिक हुनुपर्छः थारू

टिकापुर घटनाको प्रतिवेदन सार्वजनिक हुनुपर्छः थारू

- Advertisement -spot_img

तुलसीपुर, २२ माघ  थारूहट थारूवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले २०७२ साल भदौ ८ गते कैलालीको टिकापुरमा भएको घटनाको बारेमा सरकारले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
उनले घटनालाई राजनीतिक रूपमा सम्बोधन गरिनुपर्ने र आयोग गठन भई तयार पारिएको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताए । उनले घटनालाई राजनीतिक सम्वोधन गरेर निकास दिनुपर्ने बताए ।
बिनाकारण थुनामा रहेका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका व्यक्तिहरूलाई तत्काल राजबन्दीको रूपमा थुनामुक्त गरेर संविधानको सम्मान गर्नसमेत सरकारलाई आग्रह गरे ।
टिकापुर घटनाको छानबिनका लागि गठित समितिको र आयोगको प्रतिवेदनसहित यथार्थ अवस्था सार्वजनिक गर्न माग गरे । उनले लाल आयोग र देविराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्न मागसमेत गरे ।
घटनाका दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए । त्यो घटनाले सबैलाई पीडा दिएको र मर्माहत बनाएको भए पनि थारू जातिहरूको अपमान हुने गरी भएका गतिविधिले थारूहरू आन्दोलन जानुपर्ने अवस्था सिर्जना भएको बताए ।
उनले संविधान जनजाती आदिवासी र थारूहरूका लागि जस्ताको तस्तै स्वीकार्य नभएको भन्दै केही बुँदाहरू संशोधन र खारेजीको आवश्यकता रहेको बताए । वर्तमान सरकारका कारण थारू समुदायले आन्दोलनको तयारी गर्नु बाध्यता भएको भन्दै सरकारको निरङ्कुस्ताको अन्त्य हुनुपर्ने बताए ।
केपी ओली नेतृत्वको सरकार भष्ट्राचारी, राष्ट्रघाती, तानाशाही भयो आरोपसमेत लगाए । उनले भने भष्ट्राचारी कम्युनिष्ट सरकारका विरूद्धमा आन्दोलन गर्नुपर्ने अवस्था आएको र त्यसका लागि पहिचानवादी मोर्चाहरू एक भइसकेको बताए ।
प्रधानमन्त्री केपि ओली उनले जनताको भावना र थारूहरूको भावना र पहिचानमा खलबल पु¥याएको भन्दै शासकहरूका रिूद्धमा आन्दोलन सुरू गर्नु परेको बताए ।
उनले मोर्चाले १४ बुँदे माग सरकारलाई बुझाएको र त्यो माघ मसान्तभित्रमा पूरा नभएमा फागुन १ गतेदेखि आन्दोलन सुरू गर्ने बताए । पहिचान पक्षधर र आन्दोलन र तर पक्षको संयुक्त पहलमा आन्दोलनको तयारी गरेको बताए ।
आन्दोलन कैलालीबाट सुरू गरिने र आन्दोलनले तिव्रता लिने बताए । उनले यो कसैले पनि रोक्न नसक्ने बताए । कम्युनिष्ट सरकारको भ्रष्टाचारी आचरण सहन नसकेर आन्दोलन तय भएको बताए ।
देशलाई अशान्त बनाउने शान्ति खलबलाउनेभन्दा पनि अधिकार र शान्तिका लागि आन्दोलनमा जानुपरेको बताए । उनले आन्दोलन हिंसात्मक नभएर दबावमूलक भएको बताए ।
उनले केपि ओली र प्रचण्ड राजनीतिका गद्दार पात्र भएको आरोप लगाए । उनले द्वन्द्व व्यवस्थापन गर्नसमेत नसकेको र सबैले स्वीकार्ने संविधानसमेत निर्माण गर्न नसकेको बताए । उनले आन्दोलन शक्ति प्रदर्शनदेखि आमहड्तालसम्मका कार्यक्रम भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here