Friday, April 26, 2024
Homeफिचरअतिरिक्त क्रियाकलापमा हाम्रो पहँचका विद्यार्थी

अतिरिक्त क्रियाकलापमा हाम्रो पहँचका विद्यार्थी

- Advertisement -spot_img

तुलसीपुर, २१ माघ । तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई बाहिरी ज्ञान प्रदान गर्न विभिन्न अतिरिक्त कार्यक्रम गर्ने गरेको छ ।
विद्यालयले सोमबार विद्यार्थीलाई वातावरणीय संरक्षणका लागि भू–तथा जलाधार कार्यालयमा पुगेर वातावरणीय संरक्षणका विषयमा कार्यक्रम गरेको छ ।
हाम्रो पहुँच विद्यालय कक्षा ७ मा अध्ययनरत युगिन खनालको अध्यक्षता तथा भू–तथा जलाधार ब्यवस्थापन कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।
भू–तथा जलाधार ब्यवस्थापन कार्यालय तथा हाम्रो पहुँच विद्यालयको सम्वन्यमा भएको कार्यक्रममा कार्यालयका प्रमुख पौडेलले मानिसको जीवनलाई सहज बनाउनका लागि वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मानवीय क्रियाकलापकै कारण वातावरणमा असर गर्न गई अतिवृष्टी, अनावृष्टि हुने गरेको उनले बताए । ‘हामीले गर्ने दैनिक क्रियाकलापकै कारण वातावरणमा विभिन्न असर देखापरेका छन्’ उनले भने–‘वातावरणीय संरक्षणका लागि पछिल्लो पुस्ता लाग्नुपर्छ ।’
उनले जल तथा भू– ब्यवस्थापनका लागि आकस्मिक पहिरो नियन्त्रण, खोला किनार, नदी संरक्षण, ग्रामीण सडक संरक्षण, गल्छी, खहरे नियन्त्रण, पानीको मुहान संरक्षण, नर्सरी, शहरी जलाधारलगायत ब्यवस्थापन सम्बन्धी काम गर्दै आएको बताए ।
कार्यालयका सव–ईन्जिनियर केशव खत्रीले वातावरण प्रदूषणले मानिस जीवनमा नकारात्मक असर भएको बताए । वातावरणअन्तर्गत जलवायु परिवर्तन, उद्योग, ध्वनी प्रदूषण, सामुन्द्रिक प्रदूषण, कृषि प्रदूषण, उद्योग प्रदूषणले मानिसलगायत सम्पूर्ण जीवजन्तुमा असर पुगेको उनको भनाइ छ ।
विद्यालयका कल्याणकारीणी अधिकृत तिलकराम कालाथोकीले कार्यक्रमको बारेमा विषय प्रवेश गराउँदै गुणस्तरीय शिक्षाका लागि सैद्धान्तिक ज्ञानले मात्र नहुने भन्दै विद्यार्थीहरूलाई ब्यवहारिक ज्ञान दिनको लागि यस्तो कार्यक्रम गरेको बताए ।
उनले विद्यार्थीहरूले सिकेको ज्ञानले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । मिलन भण्डारीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण रिदम भण्डारी र ज्योती पुनले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here