Thursday, April 25, 2024
Homeमुख्य खबरसमाजवादी पार्टीको वडा कमिटी

समाजवादी पार्टीको वडा कमिटी

- Advertisement -spot_img

तुलसीपुर, १७ माघ । समाजवादी पार्टीले संगठन विस्तार अभियान सञ्चालन गरेको छ । पार्टीले बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा सात सदस्यीय वडा समिति गठन गरेको छ । ज्ञानबहादुर विकको अध्यक्षतामा सात सदस्यीय वडा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, सचिवमा मेनुका ग्रान्जा, कोषाध्यक्षमा गिरमान भण्डारी, सदस्य टिकाराम कँडेल, बालकृष्ण धिताल, देवराज गरन्जा, विनोद परियार चयन भएका छन् ।
पार्टीका तुलसीपुरनगर अध्यक्ष गिरिराज गरन्जाको अध्यक्षता तथा जिल्ला सहइन्चार्ज टोपबहादुर महतराको प्रमुख आतिथ्याता एवं जिल्ला उपाध्यक्ष मोहनसिंह वलीको विशिष्ट आतिथ्यतामा समिति गठन कार्यक्रम भएको हो ।
जिल्ला इन्चार्ज महतराले संगठनलाई उपमहानगरपालिकाका सबै वडामा विस्तार गरिने बताए । उनले पार्टीलाई बलियो बनाउन संगठन विस्तार अनिवार्य भएको भन्दै समितिमा चयन भएका नयाँ सदस्यलाई जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here