Monday, April 22, 2024
Homeफिचरयज्ञको वैज्ञानिक तथ्य

यज्ञको वैज्ञानिक तथ्य

- Advertisement -spot_img


श्रीराम दहित
मनुष्य सामाजिक प्राणी हो । आदिकालदेखि हालसम्मको इतिहास ग्रन्थको अध्ययन अनुसन्धानले साबित गरेको छ । विशेष परिस्थिति अवस्था बाहेक मानव एकल रूपमा जीवन व्यतीत गर्न सकेको हुँदैन ।
मानवीय मूल्य मान्यता अनुरुप जीवन व्यतीत गर्न गराउन सामाजिक हितमा केही निश्चित कर्म गर्नुपर्ने हुन्छ । जुन कर्म हाम्रा सनातन संस्कार संस्कृतिले हामीहरुलाई प्रेरित गरेको हुन्छ ।
मानव जीवन सार्थक बनाउन सोह्र संस्कारभित्रका संस्कार जन्य कर्म जस्तैः गर्भधारण, जन्म, नामाकरण, अन्नप्राशन चुडाकर्म, यज्ञोपवित, दीक्षा, विवाह तथा मृत्यु संस्कार लगायतका संस्कार गराउन यज्ञ कर्मद्वारा गरिएमा पूर्णता भएको शास्त्रीय मान्यता रहेको छ ।
यज्ञ दैनिक, साप्ताहिक, पाक्षिक, मासिक जसरी गरेता पनि यज्ञ निश्चित प्रयोजनका लागि गरिन्छ । ‘यज्ञ’लाई वैज्ञानिक रूपमा विभिन्न खोज अनुसन्धानकर्ताहरुले वैज्ञानिक तथ्य प्रस्तुत गरिसकेका छन् ।
बढ्दो जलवायु परिवर्तनको वातावरणमा पर्न गएको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न विकसित तथा विकासोन्मुख देशहरुमा यज्ञको प्रयोग गरेको पाइन्छ । यज्ञ अनुसन्धानकर्ताहरुको कथन छ । वस्तुको गुणलाई ठोस,
तरल र ग्यास तीन स्थानमा राखेर प्रयोग हेर्दा हुन्छ भन्ने गर्छन् एउटा सुकेको खुर्सानी एकजनाले खान सक्छ त्यहीँ खुर्सानी दशजना परिवारमा तरकारीको रूपमा पुग्छ भने त्यहीँ सुकेको खुर्सानी अगेनामा जलाउँदा टोल छिमेक पूरै प्रभावित हुन्छ ।

वस्तुको गुणलाई ठोस, तरल र ग्यास तीन स्थानमा राखेर प्रयोग हेर्दा हुन्छ भन्ने गर्छन् एउटा सुकेको खुर्सानी एकजनाले खान सक्छ त्यहीँ खुर्सानी दशजना परिवारमा तरकारीको रूपमा पुग्छ भने त्यहीँ सुकेको खुर्सानी अगेनामा जलाउँदा टोल छिमेक पूरै प्रभावित हुन्छ ।


त्यसैगरी निश्चित प्रयोगका लागि परिक्षणयुक्त जडिबुटीको ‘चरु’ मिश्रणलाई प्रज्वलित यज्ञकुण्डमा हवन गर्दा उत्पन्न ग्यासले वातावरणमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ ।
वैज्ञानिकहरुले अनुसन्धान परिक्षणपश्चात् विभिन्न ज्यानमारा सरुवा तथा नसर्ने असाध्य रोगसमेतको लोकप्रिय उपचार विधि बनेको छ । संसारमा विकाससँगै विनाश त्यत्तिकै बढेको छ ।
भौतिक सुख सुविधामा मानिस सन्तुष्ट तब हुन्छ जब उसले आध्यात्मिक रूपमा जीवन बुझ्न सक्छ । यज्ञ विधिले जीवन बुझ्न् र सामाजिक जीवनशैली अपनाउन शिक्षण गर्दछ ।
संगतिकरण, दान र जीवन जीउने कला कर्मकाण्डको माध्यमबाट यज्ञले प्राणी मात्रको हितमा हरेक कर्म गर्न प्रेरित गर्दछ । समाजनिष्ठ भई समाजको हितमा आफ्नो हित हुन्छ भन्ने भाव जगाउँदै व्यक्तिगत स्वार्थभन्दा सयौं गुणा उच्च सामाजिक स्वार्थ हुन्छ । सामाजिक गतिविधिमा समयदान, अंशदान, अर्थदान र ज्ञानदानको रूपमा यज्ञिय कर्मले प्रशिक्षण गर्दछ ।
यज्ञले विकास निर्माण तथा हरेक सामाजिक गतिविधिमा सामूहिक निर्णय प्रणाली गराउने प्रेरणा प्रदान गर्दछ र समाजमा बस्ने हरेक तह, वर्ग, समुदाय तथा जातजातिहरुले सार्वजनिक कार्यमा अपनत्व महसुस गर्दछन् ।
यज्ञ कर्मले व्यक्तिलाई भावनात्मक तथा व्यवहारिक रूपमा परिपक्वता प्रदान गर्दछ । त्यसैकारण उसले दैनिक जीवन तथा सामाजिक रूपमा अमानवीय कार्य गर्दैन ।
आचरणजन्य भ्रष्टाचार गर्नु पर्दैन । व्यक्ति, परिवार, समाज र राष्ट्र भ्रष्टाचारमुक्त हुन्छ । सीमित श्रोत साधनको सदुपयोग हुन्छ । समृद्धि राष्ट्र र सुखी नेपालीको परिकल्पना साकार तुल्याउन सहायक हुनेछ यज्ञ । यज्ञको प्रेरणाबाट लक्ष्य निर्धारण, उच्च विचार निर्माण, सबैप्रति सद्भाव जगाउने,
अनावश्यक संग्रह नगर्ने, भाइचाराको भाव जगाउने, मिलिजुली बसौं बाँडिचुडी खाऔं तथा समानता लगायतका ज्ञान प्राप्ति हुन्छ । यज्ञिय विधिले व्यक्तिगत तथा सामाजिक जीवनमा आदर्शवादितालाई व्यवहारिक बनाउन सधैं प्रेरित गरिरहन्छ । यज्ञमा दिइने आहूतीले असामाजिक तत्व न्यूनीकरण गर्ने मुख्य भूमिका राख्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here