Wednesday, April 24, 2024
Homeफिचरगोरखामा फुड फेस्टिबल

गोरखामा फुड फेस्टिबल

- Advertisement -spot_img

देउखुरी, २९ पुस । गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीमा एकदिने फुडफेस्टिबल भएको छ । मंगलवार विद्यालय परिसरमा आईएस्सी अवार्डअन्तर्गत एकदिने ‘फुड फेस्टिबल तथा साँस्कृतिक’ कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय थारू समुदायको परिकारलाई प्रवद्र्धन गर्ने, कक्षा ४ र ५ का विद्यार्थीले २० प्रतिसत थारू समुदायको परिकारलाई प्रवद्र्धन गर्ने त्यस्तै कक्षा ७ र ८ का विद्यार्थीले पेशा ब्यवसायको प्रयोगात्मक कार्यअन्तर्गत सिकेको सीप र ज्ञानलाई ब्यवहारमा लागू गर्नका लागि प्रेरित गर्ने मुख्य उद्देश्य रहेको छ ।
अन्तराष्ट्रिय स्कुल कार्यक्रमअन्तर्गत विद्यालयले मंगलबार विद्यालय परिसरमा विद्यार्थीहरूलाई प्रयोगात्मक रूपमा विद्यार्थीले आफै बनाएका थारू परिकार ढिक्री, खरियाका साथै आलु परौठा, पकौडीलगायतका खाद्य परिकार प्रदर्शनीमा राखिएको थियो ।
त्यसैगरी विद्यार्थीहरूद्वारा निर्मित चित्रकला राख्नुका साथै थारू समुदायको मौलिक नाच र अन्य नाचहरू पनि एकदिने फेस्टिबलमा प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा लमही नगरपालिकाका शिक्षा शाखाका प्रमुख रविन्द्र क्षेत्रीले प्रयोगात्मक शिक्षाले विद्यार्थीहरूमा ज्ञानसँगै सिपको विकास हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक शिक्षाले विद्यार्थीहरू ज्ञान, सिप र क्षमताको थप विकास हुने बताईन ।
विद्यालयको स्थानीय पाठ्यक्रम अनुसार २० प्रतिशतको पाठ्यक्रम अन्तर्गत विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
खिम बहादुर शाह माध्यमिक बिद्यालय कोलही र गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको संयुक्त आयोजनामा गरिएको ‘वेस्ट क्यान बि द वेस्ट’ भन्ने शीर्षकको परियोजनाअन्तर्गत विद्यार्थीले बनाएका खेर गएका प्लाष्टिक र कागजबाट बनाईएका विभिन्न सामाग्री प्रदर्शनी गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता एवं लमही नगरपालिकाका शिक्षा प्रमुख रविन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here