- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसरकारबाट बाहिरियो समाजवादी

सरकारबाट बाहिरियो समाजवादी

- Advertisement -spot_img

काठमाडौँ, ८ पुस । समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । मंगलबार विज्ञप्तिमार्फत मन्त्रीहरूले राजिनामा दिएर सरकार छोडेको बताएका हुन् ।
सरकारमा प्रतिनिधित्व गरेका दुई मन्त्रीले मंगलबार राजीनामा दिएका छन् । उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले राजीनामा दिएका छन् । मंगलबार बिहान पार्टीले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र मन्त्री राईले पदबाट राजीनामा दिएका हुन् ।
सहरी विकासमन्त्रीले राजीनामा दिनुपर्ने कारण उल्लेख नगरी संविधानको व्यवस्थाअनुसार राजीनामा दिएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।
उता उपप्रधानमन्त्री यादवले भने सोमबारको मन्त्रिपरिषद्रूमा आफूले पेश गरेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेपछि राजीनामा दिएको उल्लेख गरेका छन् ।
समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले २०७५ जेठ १४ गते संविधान संशोधनलगायत माग र मुद्दामा सम्बोधन गर्ने शर्तसहित सरकारका सहभागी भएको र शर्त पूरा नभएपछि राजीनामा दिएको समेत विज्ञप्तिमा जनाएका छन् ।
‘मिति २०७६ पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरू सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न प्रस्ताव उपप्रधानमन्त्री एवं कानुन, न्याय,
तथा संसदीय मामिलामन्त्रीको हैसियतामा मैले प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरी दुईबुँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फी रूपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहनु औचित्य नभएको हुँदा उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको ब्यहोरा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।
सहरी विकासमन्त्री राईले सहकार्य गर्ने अवसर दिएकोप्रति सरकारलाई धन्यवाद दिँदै राजीनामा दिएका छन् । ‘उपरोक्त सम्बन्धमा मलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नु भई कामकाजको जिम्मेवारी दिनुभएकोमा नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु’, राजीनामा पत्रमा राईले लेखेका छन्, ‘सहकार्य गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here