Tuesday, April 23, 2024
Homeविचारपैदलयात्री लेनको व्यवस्था

पैदलयात्री लेनको व्यवस्था

- Advertisement -spot_img

दाङसहित देशभर सवारी दुर्घटनाको स्थिति भयावह बन्दै गएको छ । नेपालमा दैनिक ७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।
बढ्दो सवारी दुर्घटनाका कारण गन्तब्यमा हिडेको यात्रु फर्कन्छ कि फर्कदैन् चिन्ताको विषय बनेको छ । सडक असुरक्षाका कारण विद्यालय हिडेको बालबालिकादेखि गन्तब्यमा हिडेको यात्रु दुर्घटनाको जोखिममा परेको छ । जिउ नै सिरिङ्ग हुने गरी हुने सवारी दुर्घटनाले नागरिक आहात भएका छन् ।
सवारी दुर्घटना रोक्न कसैले चाहेर रोक्न त सकिदैन् तर पनि दुर्घटना न्यूनीकरण गर्न पक्कै सकिन्छ । भौगोलिक विकटताका कारण दुर्घटनाबाट झन धेरै क्षति हुने गरेको छ । सडकको अवस्था सुधार हुन नसक्दा पनि दुर्घटना बढ्दो क्रममा छन् । दुर्घटना न्यूनीकरण गर्न विभिन प्रयास भएपनि ति प्रयास सार्थक बन्न नसकिरहेको स्थिति छ ।
दुर्घटनामा नागरिकले अनाहकमा कहिलेसम्म ज्यान गुमाउनुपर्ने स्थिति हो ? आम चासोको विषय बनेको छ । बढ्दो सडक असुरक्षालाई कसरी सुरक्षित गर्न सकिन्छ ? भन्ने विषयमा सम्बन्धित सरोकारवालाहरू चिन्तित बन्नुपर्ने हो । ट्राफिक नियम पालनमा कडाईसँगै सडकको अवस्था सुधार गर्नका लागि गम्भीर बन्नुपर्छ नै ।
अहिले भएका प्रयासले दुर्घटना न्यूनीकरण हुन्छन् भन्न सकिदैन् । किनभने पछिल्लो घटनाक्रमले पनि दुर्घटना न्यूनीकरणका लागि अलि बढी ध्यान दिनुपर्छ भन्ने सन्देश दिएको छ ।
दुर्घटना न्यूनीकरणका प्रयास किन सार्थक बन्न सकिरहेका छैनन् ? भन्ने कुराको खोजी गर्न आवश्यक छ । आज हामीले दुर्घटनाको कारण र निराकरणका लागि विभिन्न सरोकारवालासँग प्रदेश टुडेको राउण्ड टेबलमा कुराकानीको सारसंक्षेपमा प्रस्तुत गरेका छौं ।


केएल थापा
सर्वसाधारण

सवारी दुर्घटनामा नागरिकहरूले दैनिकजसो अकालमा मृत्युवरण गर्न परिरहेको छ । सडकको दुरावस्थादेखि चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढिरहेका छन् । सवारी दुर्घटनामा पैदलयात्रु समेत सुरक्षित हुन सकिरहेका छैनन् । नागरिकले अनाहकमा ज्यान गुमाउने पर्ने अवस्थाको अन्त्य कहिले होला र ?
बजारदेखि गाउँका सडकको अवस्था दयनीय छ भने बजारमा सडकसमेत सुरक्षित छैनन् भने पहाड र गाउँका सडकको अवस्था झन कहिले सुधार होला र ? दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम पनि भएको सुन्नमा आउँछ तर दुर्घटनाको अवस्था भने ज्यूँकात्यूँ छ ।
एकपछि अर्को ठुला दुर्घटना बढ्दै जाँदा गन्तव्यमा हिडेको यात्रु, पैदल हिडेको यात्रु असुरक्षित बन्दै गएको छ । सडकको संरचना सुधार हुन सकेको छैन् भने नियम विपरीत सवारी चलाउने सवारी चालकलाई ट्राफिक प्रहरीले जरिवाना लिएर छोड्ने औपचारिकता मात्र पूरा गरेको छ ।
अब यतिले सवारी दुर्घटना न्यूनीकरण हुन्छ जस्तो लाग्दैन् मलाई त । दुर्घटनाको दर एकपछि अर्को गरेर बढिरहेको छ ।
सबै पक्षले दुर्घटना न्यूनीकरणमा औपचारिकतामात्रै पूरा गरेका छन् । जिम्मेवार कोही पनि नहुँदा समस्या झनै सिर्जना भएको छ । स्थानीय सरकार पनि सडक अवस्था सुधार गर्न, अव्यवस्थित बजार व्यवस्थापनमा कुनै ध्यान दिएको पाइदैन् । सरकारले ध्यान पु¥याउन नसक्दा पनि सडक अस्तव्यस्त बनिरहेको छ ।
सम्झौता अवधिमा सडक निर्माणको काम कहिले पनि सकिदैन् । निर्माण शुरू गर्ने तर समयमै निर्माणको काम सम्पन्न गर्न नसक्दा पनि दुर्घटनाको जोखिमहरू बढाएको छ ।
सवारी चालकले पनि सवार चलाउँदा होसियारी अपनाउन नसक्दा विभिन्न दुर्घटनाहरू हुँदै आएका छन् । बजारका सडकमा यत्रतत्र गरिएको व्यवसायले यात्रु हिड्ने ठाउँ पनि छैन् । जसका कारण पनि पैदलयात्रु सडकमा हिड्नुपर्ने बाध्यता र दुर्घटनाको जोखिम बढाएको छ ।
अव्यवस्थित रूपमा गरिने व्यवसायलाई व्यवस्थित गरी पैदलयात्री हिड्ने वातावरण सहजरूपमा व्यवस्थापन हुनुपर्छ । सडक निर्माण गर्दा नै पैदलयात्रु हिड्ने लेन नै बन्न सकिरहेको छैन् । पैदलयात्रुका लागि छुट्टै लेन बन्न नसक्दा पनि दुर्घटनाका जोखिम बढिरहेका छन् ।
भौगोलिक विकटताका कारण पनि सडकयात्रा असुरक्षित छ तर पनि सम्भव हुने ठाउँमा सडकका संरचना सुधार गर्न सकिन्छ । दुर्घटनाग्रस्त ठाउँको परिचान गरी संकेतबोर्ड राख्न जरूरी देखिन्छ ।
यसले पनि नयाँ सवारी चालकलाई सवारी चलाउँदा सहज हुनेछ । विद्यालय तथा बढी व्यस्त हुने ठाउँमा सवारीको पार्किङ व्यवस्थित बन्न आवश्यक छ ।
हामी सर्वसाधारण नागरिक पनि दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ । कुनै पनि सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोकिरहेको छ भने सकेसम्म त्यस्तालाई निराकरण गरौँ, आफू पनि त्यस्ता सवारी साधनमा यात्रा नगरौँ । दुर्घटनाका कारण खोजी प्रतिवेदन तयारी गरी न्यूनीकरणका लागि आजैदेखि शुरूवात गरौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here