Saturday, April 27, 2024
Homeफिचरतुलसीपुर सिटी हस्पिटलमा पाठेघरको सफल अप्रेसन

तुलसीपुर सिटी हस्पिटलमा पाठेघरको सफल अप्रेसन

- Advertisement -spot_img

तुलसीपुर, ६ पुस । महिलाहरूको बिकराल समस्याका रूपमा देखा परेको पाठेघर खस्ने रोगको उपचार र अप्रेसन गर्न तुलसीपुरमा सुरू गरिएको छ ।
लामो समयदेखि पाठेघर खस्ने समस्याबाट पीडित तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ निवासी ७० बर्षिया देवा कुमारी रेग्मीको बिहीवार साँझ तुलसीपुरको सिटी हस्पिटलमा सफल अप्रेसन गरिएको छ ।
लामो समय थापाथली प्रसूति गृह र वीर अस्पतालमा कार्यरत गाईनोलोजिस्ट डाक्टर शेखर थापाको टिमले रेग्मीको सफल शल्यक्रिया गरेको थियो । घर आँगनमै विशेषज्ञसहितको सेवा र शल्यक्रियासहितको सेवा प्राप्त गरेपछि बिरामीका आफन्तहरूले खुसी ब्यक्त गरेका छन् ।
यस तुलसीपुर सिटी हस्पिटलमा पाठेघरभन्दा बाहिर रहेको बच्चा, पाठेघरमा मासु पलाएको, सिस्ट, एपेन्डिसाईटिस, फिस्टुला र हर्नियाको समेत सफल रूपमा शल्यक्रिया भैसकेको हस्पिटलका निर्देशक हेमराज बस्नेतले जानकारी दिए ।
नयाँ ब्यवस्थापनका साथ विभिन्न विशेषज्ञ सेवासहित सुरू गरिएको तुलसीपुर सिटी अस्पतालमा वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर गोपाल सागर डिसी, सर्जन डाक्टर सुशील खनिया, एनेस्थेसियोलोजिष्ट र अर्थाेपिडिसियन डाक्टर सवल गैरे लगायतका विशेषज्ञ डाक्टरहरूले सिटी हस्पिटलमा निरन्तर सेवा दिन थालेपछि बिरामीहरूको भिडभाड बढ्न थालेको छ ।
साथै सर्वसुलभ रकममा विभिन्न रोगका साना तथा ठूला रोगहरूको शल्यक्रिया तुलसीपुरमै गर्न थालेपछि पश्चिम दाङलगायत छिमेकी जिल्लाहरू सल्यान, रोल्पा, रूकुम, प्यूठानबाट समेत सिटी हस्पिटल तुलसीपुरमा आउने बिरामीहरूको संख्यामा बृद्धि भएको अस्पतालले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here