Wednesday, April 24, 2024
Homeमुख्य खबरयोग सिक्न भारतसम्म

योग सिक्न भारतसम्म

- Advertisement -spot_img

तुलसीपुर, ३ पुस । योगबाट मानसिक तथा शारीरिक रूपमा स्वस्थ हुन थालेपछि आकर्षण बढ्दै गएको छ । व्यस्त जीवनशैलीका कारण मानसिक तथा शारीरिक रूपमा अस्वस्थता बढ्न थालेपछि मुक्तिका लागि योगमा आकर्षण बढ्न थालेको छ । योग प्रशिक्षणका लागि नागरिक विदेशसम्म पुग्न थालेका छन् ।
भारतको हरिद्वारमा भइरहेको डिसेम्बर १७ देखि २२ सम्म हुने योग प्रशिक्षणका लागि नेपालबाट झण्डै ५ हजार नागरिक पुगेका छन् ।
सातवटै प्रदेशमध्ये प्रदेश नम्बर ५ बाट योग प्रशिक्षणका लागि पुगेको संगठन मन्त्री बामदेव धितालले जानकारी दिए । भारतमा योग प्रशिक्षणका लागि प्रदेश नम्बर ५ बाट १ हजार ६ सय ३८ जना भारतको हरिद्वारमा पुगेको उनले बताए ।
त्यस्तै प्रदेश नम्बर १ बाट ५ सय ७४, प्रदेश नम्बर २ बाट ४ सय ५६, प्रदेश नम्बर ३ बाट ९ सय २५, गण्डकी प्रदेशबाट १ सय १०, कर्णाली प्रदेशबाट १ हजार १ सय ३८ र सुदुरपश्चिम प्रदेशबाट १ सय ३९ जना योग प्रशिक्षणका लागि पुगेका छन् ।
योगका माध्यमबाट स्वस्थ नागरिक बनाउन गुरू रामदेव र स्वामी बालकृष्णले पाँच दिनसम्म योग प्रशिक्षण दिने संगठन मन्त्री धितालले बताए । प्रशिक्षणमा दाङबाट मात्रै १ हजार १ सय ५५ भारत पुगेको उनको भनाई छ ।
पतञ्जली योग दर्शनलाई विविध ढंगले प्रयोजनमा ल्याई मानव स्वास्थ्यलाई अत्यन्त ख्याल गरेर बाबा रामदेव र बालकृष्णजीबाट प्रतिपादित योगाभ्यासले धेरै नै प्रभाव पारेको देखिन्छ ।
यसले विभिन्न रोग लागेकाहरूलाई आफ्नो रोगअनुसार उचित समयमा उचित ढंगले अभ्यास गरेमा फिजियोथेरापीको काम गरेको छ ।
रोग नलागेको स्वस्थ व्यक्तिहरूको लागि त योगिङ, जगिङ, सूर्य नमस्कार, दण्ड बैठक, प्राणायाम र ध्यान गर्नाले उनीहरूलाई कुनै पनि रोग लाग्ने सम्भावना देखिदैन ।
अस्वस्थ वातावरण, वायु, ध्वनि र खाद्य प्रदूषणले प्रभाव पारेका बालबालिकालाई योग र ध्यानको माध्यमबाट अर्गानिक र हाइजिनिक खाना र स्वास्थ्य वातावरणको आवश्यकताको बोध गराउन सकिन्छ ।
तनावग्रस्त डाक्टर, प्रहरी र सबै राष्ट्रसेवकलगायत आम जनसमुदायमा योगको महत्व बताउने, सके सबैले शारीरिक अभ्यास र ध्यान गर्ने, नसके भूत र भविष्यको कुनै पनि विषयलाई नसोचेर आधा घण्टा मात्र ध्यान गर्नाले शरीरमा स्फूर्ति र शान्त भई आत्मज्ञान प्राप्त गर्न सहयोग पुग्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here