Tuesday, April 23, 2024
Homeफिचरबालविवाह रोकौं

बालविवाह रोकौं

- Advertisement -spot_img

तुलसीपुर, २५ मंसिर । बढ्दो बालविवाह र लैंगीक विभेदको अन्त्यका लागि हरेक स्थानीयतह सक्रिय भएर लाग्नुपर्ने विभिन्न क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । लैंगीक विभेदका विभिन्न स्वरूपमध्ये बालविवाह पनि एक भएको भन्दै उनीहरूले यसको न्यूनीकरणका लागि स्थानीयतहले अभिभावकत्व ग्रहण गर्न आवश्यक रहेको बताएका थिए ।
मंगलबार महिला पुनस्र्थापना केन्द्र (ओरेक) दाङको आयोजना सञ्चालित विद्यालयस्तरीय सूचना केन्द्रको समीक्षा तथा हस्तान्तरण कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
ओरेक नेपाल दाङको तथ्याङ्क अनुसार सन् २०१५ देखि २०७५ सम्म जिल्ला २० वटा नमुना विद्यालयमा गरिएको सर्वेक्षणमा करिब १ हजार बालबालिकाहरूले २० वर्ष नपुग्दै बालविवाह गरेको पाइएको छ ।
पाठ्यक्रममा आधारित शिक्षा र ब्यवहारिक शिक्षा फरक बन्दै गएकाले पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकामा बालविवाहको अवस्था भयावह अवस्थामा पुगेको कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका शिक्षा सरोकारवालाहरूले बताएका छन् ।
कार्यक्रमका अवसरमा जिल्ला बाल सञ्जाल सचिव ईशा वलीले हरेक स्थानीयतहले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालयहरूमा लैंगीक विभेदीकरण र बालविवाह विरूद्धमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न माग राखिन् ।
छोरी भएकै कारण विद्यालयमा पढ्दै गरेकी किशोरीले पारिवारिक दवावका कारण बालविवाह गर्न बाध्य हुने भन्दै उनले छोरासरह छोरीले पनि स्वतन्त्र रूपमा पढ्न पाउनुपर्ने बताईन् ।
जिल्ला बाल सञ्जालले हालसम्म ५६ वटा बालविवाह रोक्न सफल भएको जानकारी दिँदै उनले हरेक विद्यालयमा ब्यवहारिक ज्ञान र पाठ्यक्रमलाई सँगसँगै लैजान आवश्यक रहेको औँल्याईन् ।
‘हामीलाई बालविवाह रोक्ने अधिकार त दिइएको छ तर आदेश दिइएको छैन्’ उनले भनिन्– ‘आदेश नहुँदा हामीलाई कतिपय क्षेत्रका जनप्रतिनिधि, राजनैतिक दल र विद्यालयका शिक्षकहरूले समेत धम्क्याउने गर्नुहुन्छ, यो बाटोमा हिड्न निषेध छ भन्दै कराउनु हुन्छ, यस्ता धम्की र क्रासको जिम्मेवारी कसले लिने ? ’
यस्तै कार्यक्रममा मावि कालाखोलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष साउनी चौधरी, अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक पलम न्यौपाने लगायतले लैंगीक हिंसाको विभिन्न स्वरूपमध्ये बालविवाह पनि पर्ने बताए ।
हरेक विद्यालयले बालबालिका हिंसा, बालविवाह, यौनजन्य अपराध, दुव्र्यवहार लगायतका गतिविधिहरू रोक्न आवश्यक रहेको बताएका छन् । यसका लागि शिक्षा महाशाखाले बजेट विनियोजन गरी विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेका आँैल्याए ।
कार्यक्रममा प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समिति संयोजक देवराज विश्वकर्माले विद्यालयमा हुने लैंगीक विभेदको अन्त्य गर्न जरूरी रहेको बताए । विद्यालयमा छात्र र छात्रालाई छुट्टै बसाउने गर्दा विद्यार्थीहरूमा लैंगीक विभेद बढ्ने बताए ।
तुलसीपुर क्षेत्रका हरेक विद्यालयहरूमा बालविवाहको अन्त्य र लैंगीक विभेदको अन्त्यका लागि आफू सधै तत्पर रहेको भन्दै उनले आगामी वर्षमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै लैजाने प्रतिवद्धतासमेत व्यक्त गरे ।
यस्तै तुलसीपुर उपहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले किशोर किशोरीहरूलाई छुट्याएर राख्दा लैंगीक आकर्षण र कौतुहलता बढ्ने भएकाले बालविवाह धेरै हुने गरेको बताए ।
सबै विद्याथीहरूलाई मिश्रण गरी विभिन्न कार्यक्रम तथा क्रियाकलापहरूमा सहभागिता गराईदा लैंगीक विभेदको अन्त्य र समानतामूलक व्यवहारको सर्जिना हुने बताए । निरन्तर रूपमा विद्यालयसँग परस्पर रहेर काम गरे बालविवाह र लैंगीक विभेदको अन्त्य हुने भन्दै उनले यसका लागि शिक्षा महाशाखाले विशेष कदम उठाउने बताए ।
कार्यक्रममा ओरेक दाङकी कार्यक्रम अधिकृत दिपा धितालले समाजमा महिला र बालबालिका अनुकूल वातावरण निर्माण र उनीहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चित गर्नका लागि बालविवाह न्यूनीकरण गर्न जरूरी रहेको बताईन् ।
विद्यालयस्तरबाटै बालविवाह हुने गरेको बताउँदै उनले संस्थाले विगत ५ वर्षदेखि जिल्लाका २० वटा विद्यालयहरूसँग रहेर बालविवाहको समाप्ती र सूचना केन्द्रमा सूचना सामग्री, विभिन्न तालिम तथा गोष्ठीहरूको माध्यमद्वारा यौन तथा प्रजनन् स्वास्थयका बारेमा सचेतीकरण गर्दै आएको बताइन् ।
संस्थाकी तथ्याङ्क व्यवस्थापक ईश्वरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरू जिम्म्मेवारी नुहँदा, बालसुधारको गृहको व्यवस्था नहुँदा र बालबिवाहका मुद्दाहरू पुनस्र्थापना गर्न समस्या पर्दा, उमेर छलेर विवाह गराईदिदा अझै पनि बालविवाह न्यूनीकरणमा समस्या रहेको पाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here