Sunday, April 21, 2024
Homeफिचरपद्मोदयको प्रधानाध्यापकमा जैशी

पद्मोदयको प्रधानाध्यापकमा जैशी

- Advertisement -spot_img

घोराही, २३ मंसिर । घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा रामप्रसाद जैशीले पदभार ग्रहण गरेका छन् ।
घोराही उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाको निर्णयअनुसार जैशीलाई विद्यालयको प्रधानाध्यापकमा नियुक्त भएका हुन् । जैशीलाई विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराज आचार्यले पदभार ग्रहण गराएका हुन् । विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी पदभार ग्रहण गराइएको हो ।
बिद्यालयका शिक्षक जैशीले गएको असार १२ गतेदेखि निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
विद्यालयका शिक्षक मोहनकुमार अधिकारीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक लोकबहादुर बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here