Saturday, April 27, 2024
Homeमुख्य खबरबैंक रकम हिनामिनाका दोषी धरौटीमा रिहा

बैंक रकम हिनामिनाका दोषी धरौटीमा रिहा

- Advertisement -spot_img

दाङ, २० मंसिर । दाङको तत्कालिन वेष्टर्न डेभलमेन्ट बैंक हिनामिना प्रकरणमा पक्राउ परेका अध्यक्ष र एक सदस्यलाई धरौटीमा रिहा गरिएको छ । नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दामा उच्च अदालत तुलसीपुरले बैंक सञ्चालक समिति अध्यक्ष र सदस्यलाई जनही १२÷१२ लाख धरौटीमा रिहा गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकीलाई उच्च अदालतले उक्त रकम धरौटी राखेर छोडेको अदालतका शाखा अधिकृत मानबहादुर विष्टले जानकारी दिए । यसअघिको ६० दिनको अनुसन्धान सकेर प्रहरीले मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएपछि कार्तिक ३ गते मुद्दा अदालतमा दायर भएको थियो ।
छजना बैंक सञ्चालक, सिइओ, बैंक कर्मचारी, ऋणी, खातावाल गरेर ५६ जना माथि बैँक हिनामिना प्रकरणमा प्रहरीले मुद्दा चलाएको थियो । उक्त प्रकरणमा पक्राउ परेका १३ जनामध्ये कर्मचारी र खातावाल गरी पाँचजनालाई पुर्पक्षका लागि कारागार चलान, चार जनालाई धरौटी र चार जनालाई साधारण तारिखमा छोडिसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here