Monday, April 22, 2024
Homeफिचरतुलसीपुरमा माछापुच्छे« बैंक

तुलसीपुरमा माछापुच्छे« बैंक

- Advertisement -spot_img

तुलसीपुर, २६ कार्तिक । तुलसीपुरमा माछापुच्छ«े बैँक लि.को शाखा स्थापना भएको छ । तुलसीपुर शाखा कार्यालयको सोमबार औपचारिक समुद्घाटन गरिएको हो । बैंकका अध्यक्ष डा.विरेन्द्र प्रसाद महतोको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माको प्रमुख आतिथ्यतामा तथा वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको विशिष्ठ आतिथ्यतामा शाखा उद्घाटन कार्यक्रम भएको हो ।
बैंकका प्रदेश प्रमुख ईश्वर बहादुर रावलले बैंकको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । हामीले सन् १९९८ पहिलो क्षेत्रीय वाणिज्य बैंकको रूपमा स्थापना भई सन् २००० मा पोखराबाट कारोबार सुरू गरेको बंैक अहिले राष्ट्रियस्तरको वाणिज्य बैंकको रूपमा देशको सातै प्रदेशमा १४३ वटा शाखा, १ एक्स्टेन्सन् काउण्टर, १३१ शाखारहित बैंकिङ सेवा काउण्टर र १६७ एटिएममार्पmत सेवा प्रदान गरिरहेको रावलले बताए । बैंकमा ७ लाखभन्दा बढी ग्राहक ९१ अर्ब निक्षेप परिचालन र रू. ७७ अर्ब कर्जा प्रवाह गरेको र छ र सोही अवधिमा रू १ अर्ब ७० करोड खुद मुनाफा गरेको जानकारी गराएका थिए ।
बैंकको तुलसीपुर शाखा बिपी चोकमा स्थापना गरिएको छ । उद्घाटन कार्यक्रममा तुलसीपुर उवासंघका अध्यक्ष वीरबहादुर रावत, पूर्व अध्यक्ष विमल रिजाल, त्रिसिद्धेश्वरी राप्ती यातायात सेवाका अध्यक्ष सुरेश हमाललगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । बैंकका तुलसीपुर शाखा प्रमुख सुरज पूर्ण वलीका अनुसार कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी प्रेमकुमार वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here