Wednesday, April 24, 2024
Homeमुख्य खबरअसर टेष्टको नजिता सार्वजनिक

असर टेष्टको नजिता सार्वजनिक

- Advertisement -spot_img

तुलसीपुर, २३ कार्तिक । तुलसीपुर उपमहानगरपालिका भित्रको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा गरिएको सिकाइ उपलब्धिको सर्वेक्षेण सार्वजनिक गरिएको छ ।
असर टेष्ट नाम दिएर गरिएको सर्वे एक महिना लगाएर पूरा गरिएको थियो । उपमहानगरपालिकाको सहकाय र टिच फर नेपालले समन्वयमा नगरका १३९ विद्यालयका २८ हजार विद्यार्थीमा एक÷एक गरेर मूल्यांकन गरिएको थियो ।
संस्थागत र सामुदायिक विद्यालयमा गरेको असर टेष्ट सार्वजनिक शुक्रबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । उपमहानगरपालिकाभित्र रहेका विद्यालयमा शिक्षाको गुणस्तर बढाउन कक्षा १ देखि ८ सम्मका बालबालिकामा असर टेष्ट सर्वेक्षण गरिएको हो ।
टेष्टले विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखाएको छ । न्यून सिकाइ रहेको र शिक्षामा नगरको बजेट पनि न्यून रहेको अवस्था भेटिएको टिचफर नेपालका कार्यकारी निर्देशक शिशिर खनालले बताए ।
उपमहामनगरपालिकामा रहेका १ सय ३९ विद्यालयमा गरिएको सर्वेक्षण शुक्रबार तुलसीपुरमा सार्वजनिक गरिएको हो । उपमहानगपालिकाका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माको अध्यक्षता तथा नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख पाण्डेले उपमहानगरमा संस्थागत र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि टिचफर नेपालको सहकार्यमा सिकाइ असर टेष्ट गरिएको बताए । ‘शिक्षाको ल्याव परिक्षण भएको छ, अब उपमहानगरपालिकाले ल्याबमा देखिएको सम्पूर्ण समस्याको उपचार गर्नेछ’ उनले भने– ‘शिक्षाको सुधार नगरी अरू विकास सम्भव छैन्, शैक्षिक सुधार आवश्यक देखेर उपमहानगरले शैक्षिक रणनीति लिएको छ ।’
कार्यक्रममा टिचफर नेपालका अध्यक्ष शिशिर खनालले उपमहानगरपालिकाभित्रको सम्पूर्ण शैक्षिक अवस्थाबारे तथ्यांकसहितको प्रतिवेदन सार्वजनिक गरेका थिए । उपमहानगरपालिकाभित्रका १ सय ३९ विद्यालयमा २८ हजार ६६ बालबालिकामा शिक्षण सिकाइ अवस्थाबारे जाँच गरिएको उनले बताए ।
‘बालबालिकामा छवटा मापदण्ड बनाएर सिकाइ अवस्थाबारे जाँच गरेका थियौँ, उनले भने–‘औषतमा विद्यार्थीको संस्थागत र सामुदायिक विद्यालय दुबैमा निकै कमजोर देखिएको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख भाष्करराज गौतमको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here