Tuesday, April 23, 2024
Homeसम्पादकीयलाइफलाइन जोगाऊ

लाइफलाइन जोगाऊ

- Advertisement -spot_img

दाङभित्र पर्ने लाइफलाइन मार्ग उचित मर्मत सम्भार र जगेर्ना हुन नसक्दा जीर्ण बन्दै गएका छन् । दैनिक हजारौ सवारी साधन गुड्ने र लाखौं जनाको जीवनसँग जोडिएका राजमार्गहरू संरक्षित नहँुदा संकटमा देखिनु राम्रो हैन ।
राप्तीको लाइफलाइन बनेको राप्ती राजमार्ग जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग लाइफलाइनकै रूपमा रहेको छ । नियमित रूपमा मर्मत सम्भार नहुँदा धेरै स्थानमा जोखिमसमेत बढेको छ ।
यो अवस्थालाई तत्काल सुधार गर्नसके लाइफलाइनको रूपमा रहेको राजमार्ग सुरक्षित देखिने छ । राजमार्ग यातायातलाई सहज बनाउन सबै ठाउँमा सडक सञ्जाल जोडिदै गएको छ । लाइफलाइन मार्गको रूपमा पूर्व–पश्चिम सडकखण्डको केही भाग दाङमा पर्छ । त्यो पनि जीर्ण नै छ ।
सडक सञ्जालले यातायातलाई सहज बनाईरहदा राजमार्गहरू भने जीर्ण हँुदै जानु उचित हैन । मर्मत सम्भार नहुँदा भने ठूला तथा जटिल समस्याहरू पनि आउन सक्ने देखिन्छ ।
एकपटक कालोपत्रे गरेपछि त्यसलाई बर्षाैसम्म त्यसको संरक्षण र मर्मत नहुँदा अहिले पूर्व–पश्चिम राजमार्गसँगै राप्ती राजमार्ग पूरै जीर्ण भएको छ । जीवनसँग जोडिएका राजमार्गहरूको अवस्था सुधारिनु पर्छ ।
यसमा राज्यले लापरबाही गर्नुहुँदैन । सडकसँग जोडिएका राज्यका निकाय लाइफलाइनलाई लाइफलाइनकै रूपमा संरक्षण गर्न सक्नुपर्छ । सडकभरी देखिने साना ठूला खाल्डाहरू र सडकमाथिबाट खसेको माटोसमेत अहिले ब्यवस्थापन गर्न नसक्नुले जोखिमतासमेत बढाएको छ ।
अवरोधविनाको हुनुपर्ने मार्ग अवरोधै अवरोधले घेरिएको छ । अमिलिया–तुलसीपुरदेखि–सल्यान–रूकुमसम्मको राप्ती राजमार्गको गति बेहाल अवस्थाको छ । निर्माण भएको वर्षदेखि राप्ती राजमार्ग मर्मत हुनसमेत सकेको छैन ।
अन्य जोड्ने भित्री मार्गहरूको त कुरै नगरौं, लाइफलाइनको यो अवस्था हुँदा राज्यले चासो दिनुपर्नेमा दिन सकेको छैन । राज्यको चासोविना यी लाइफलाइनले दीर्घता पाउन समस्या छ ।
राजमार्गको संरक्षण, विकास र निकासका लागि सडक हेर्ने आधिकारिक निकायले चासो कम दिएको हो कि भन्न सकिन्छ । समयअनुकूल मर्मत सम्भार नहुँदा राजमार्गहरू बढी जीर्ण बन्दै गएका छन् ।
सडकको सुरक्षा र मर्मत समयमा हुनुपर्ने भए पनि त्यसमा चनाखो भएको देखिदैन् । सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दै जान्छ । अहिले लाइफलाइन सडकको अवस्था त्यस्तै छ ।
राजमार्गलाई सधै एकनासको भएमा यातायातमा पनि सहजता आउने हो । सडककै राम्रो नभए सडकमा गुड्ने सवारी साधनहरू आफैमा जोखिम मोलेर गुडिरहेका हुन्छन् । सडकका निकायहरूले सडकमा लापरवाही हैन जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ । तत्काल मर्मत सम्भार बढाउनैपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here