Saturday, April 27, 2024
Homeफिचरग्रेडर हाँक्ने अनिता

ग्रेडर हाँक्ने अनिता

- Advertisement -spot_img

तुलसीपुर, ९ कार्तिक । भर्खरकी युवती गे्रडर मेसिन चलाउँदै छिन्, शुरूमा देख्ने त कसैले विश्वास गर्दैनन् तर काम गरेको हेर्दै जाँदा सबै अचम्मित हुन्छन् र विश्वास गर्छन् । बर्दिया गुलरिया नगरपालिका–३ ठाकुराद्वाराकी अनिता चौधरी उमेरले २१ मात्र पुगिन् उनी अहिले नेपालकै पहिलो ग्रेडर अपेरटर हुन् ।
एउटा नेपाली उखान छ खाने मुखलाई जुंगाले छेक्दैन् । अनिताले पनि यही उखानलाई शिरोधार्य गर्दै म गे्रेडर चलाउन सक्छु भन्ने आँट र साहस गरिन् । जीवनमा कुनै न कुनै पेशा अंगाल्नै प¥यो विकल्प के त ? यस्तै यस्तै प्रश्नले सधैँ सताइरहन्थ्यो कुनै समय अनितालाई ।
‘म के गरूँ भन्ने सोचमा भएको समयमा भिनाजु मख्खुराम चौधरीले ग्रेडर अपरेटरबाट राम्रै आम्दानी हुने भन्नुभयो अनि मलाई पनि भिनाजुको कुरा ठिकै पनि लाग्यो तर पुरूषले गरिरहेको काम के महिलाले पनि गर्न सक्छन् ? मलाई यो प्रश्न चाहिँ त्यतिबेला खड्किएको थियो ।’
उनले भनिन्– ‘भिनाजुले त्यति भने सकेपछि केहीबेर खुल्दुली पनि भयो, के मैले सकूला र ? भन्ने केही दिन सोचिरहें र अन्त्यमा निष्कर्षमा पुगे ।’
समाजमा अहिले पनि पुरूषले गर्ने सबै काम महिलाले गर्न सक्दैनन् भन्ने परम्परागत सोच छ तर अनिता भने यो सोचको विपक्षमा उभिइन् । महिला, पुरूष समान भनेको के त ? यस्तै–यस्तै काममा हात हालेर सफलता पाउन सकियो भने पो महिला पुरूष समान होला ।
यस्तै सोचका साथ उनले ग्रेडर अपरेटर बन्ने साहस जुटाइन् । ‘भन्छन् जहाँ इच्छा त्यहाँ उपाय’ उनीलाई पनि त्यस्तै भयो । ग्रेडर अपरेटर बन्ने सपना बोकेर १९ वर्षको उमेरमा ग्रेडर चलाउन सिक्न पनि थालिन्, करिब एकभित्रैमा उनी ढुक्कले ग्रेडर चलाउन सक्ने भइन् र लाइसेन्स पनि प्राप्त गरिन् ।

अहिले पनि अधिकांश दिदी–बहिनी घरको कामभन्दा बाहिर आउन सक्नुभएको छैन् तर उहाँहरू नै महिला, पुरूष समानताको नारा पनि लगाउनुहुन्छ, उहाँहरूले यस्ता काममा कहिल्यै साहस जुटाउनु हुन्न, महिला पछाडि पर्नुको कारण पनि यही होला जस्तो लाग्छ ।


‘खै सकिदैन कि जस्तो डरले छोपिरहेको थियो, तर प्रयास गरेपछि अवश्यक सकिने रहेछ’, उनले भनिन्–‘अहिले पनि अधिकांश दिदी–बहिनी घरको कामभन्दा बाहिर आउन सक्नुभएको छैन् तर उहाँहरू नै महिला, पुरूष समानताको नारा पनि लगाउनुहुन्छ, उहाँहरूले यस्ता काममा कहिल्यै साहस जुटाउनु हुन्न, महिला पछाडि पर्नुको कारण पनि यही होला जस्तो लाग्छ ।’
अनिता अहिले गुलरिया नगरपालिकामा ग्रेडर अपरेटरको रूपमा कार्यरत रहेकी छन् । उनको मासिक २१ हजार तलब छ त्यतिमात्रै होइन् उनले दैनिक २ हजार ५ सय देखि ३ हजारसम्म भत्ता पाउने गरेकी छन् ।
पछिल्लो समय सबै मासिक गरेर ७० हजारदेखि १ लाखमा कमाउने गरेको उनले बताइन् । ‘के गर्ने–गर्ने ? अन्यौल थियो, तर सीप सिकेपछि आफ्नै खुट्टामा उभिन सफल भएको छु’ उनले भनिन्– ‘अझै त्यसैमा नेपालकै पहिलो महिला अपरेटर भएपछि झनै हौसला मिलेको छ ।’ सानैदेखि अरूले चलाएको देख्दा आफूले पनि चलाउन सक्छु होला भन्ने सानैमा भएको उनको भनाइ छ ।’
प्रयास गरे के हुन्न् भन्ने सोचका साथ अघि बढेकी अनितालाई शुरू–शुरूमा घरपरिवार पनि खासै विश्वास गरेका थिएन् । दिनहरू बित्दै जाँदा अनिताले गरेको सफल रूपमा मेसिन चलाएको देख्न थालेपछि मात्रै घरपरिवारले विश्वास गर्न थालेको हो ।
‘सडकमा ग्रेडर चलाएको देखेर जो पनि अचम्म मानेर हेर्ने गरेका छन्’ उनले भनिन्– ‘कतिपयले त सबै बायोडाटा नै लैजाने प्रयास गर्छन् ।’ अहिले अनिताको कामबाट घरपरिवारमात्र खुशी छैनन्, उनको वरपरको गाउँले समेत अनिताको काम देखेर दंग छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here