Saturday, April 27, 2024
Homeफिचरनेपालको संविधान र गोपनीयताको हक

नेपालको संविधान र गोपनीयताको हक

- Advertisement -spot_img

यतिबेला हामीसँग जनताले लेखेको लोकतान्त्रिक संविधान छ । हामी यो संविधानलाई जनताको प्रत्यक्ष सहभागितामा भएको लोकप्रिय संविधान भन्ने गछौँ । यतिमात्र होइन हामीले वर्तमान संविधान २०७२ लाई विश्वकै उत्कृष्ट संविधानसम्म भन्न भ्याएका छौँ र भन्न पाएका छौँ ।
यसरी नेपालको वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भन्न पाउँदा र भन्न भ्याउँदा त्यसको औचित्य पुष्टि हुनुपर्ने कि नपर्ने ? संविधान के का रूपमा उत्कृष्ट ? रूपका आधारमा, शब्दका आधारमा, संरचनाका आधारमा, बनौटका आधारमा, आवरणका आधारमा वा प्रत्यक्ष भोगाइ र कार्यान्वयनका आधारमा ? नेपालमा जति पटक संविधान बने सबै उत्कृष्ट नै बने ।
तर जसरी २०७२ सालमा संविधान बन्यो, त्यो त्यसरी कहिल्यै बनेन । अर्थात् नेपाली जानकारी भाषामा वा नेपालको राजनीतिक भाषामा भन्ने हो भने संविधान सभाले लेखेको र बनाएको संविधान हो, अहिलेको यो संविधान ।
संविधान आफैमा साध्य होइन । यो केवल साधन मात्र हो । यो साधनलाई उपयुक्त ढंगले कार्यान्वयन गर्न सकेको खण्डमा यसको औचित्य पुष्टि हुन्छ । यसको अनुपयुक्त किसिमले कार्यान्वयन गरेको खण्डमा औचित्यहीन पुष्टि हुनसक्छ ।
वर्तमान संविधानको छाती र मुटुमै लेखिएको कुरा के हो भने ‘गोपनीयताको हक’ । यसलाई हामी मौलिक हक पनि भन्ने गर्छौ । गोपनीयताको कुरा गर्दा यससँग मानवका नैतिकता, चरित्रता, संवेदनशीलता, भावुकता, ममतालगायतका कैयौँ साँस्कृतिक कुरा जोडिएका छन् र जोडिएका हुन्छन् । यसरी गोपनीयताको रक्षा गर्नु संविधानको निर्देशित सिद्धान्त हो भने मानवको धर्म, कर्म, कर्तव्य र दायित्व हो ।
व्यक्तिगत गोपनीयता, पारीवारिक रोक गोपनीयता, सामाजिक गोपनीयता वा राष्ट्रिय गोपनीयता । यी सबै गोपनीयता अत्यन्त संवेदनशील कुरा हुन् । कसैको पनि गोपनीयता भंग, नष्ट र विच्छेद गर्नुहुँदैन ।
गोपनीयता नभएको कुनै पनि पक्ष र विषय हुँदैन । हरेकमा गोपनीयता हुन्छ । तनमा गोपनीयता, मनमा गोपनीयता, वचनमा गोपनीयता, कर्ममा गोपनीयता र व्यवहारमा गोपनीयता । यी सबै प्रकारका गोपनीयताबाट कुनै पनि मानव प्राणी अछुतो रहन र हुन सक्दैन । त्यसैले पनि हरेक पक्ष र अवस्थामा गोपनीयता भएको कारणले नै नेपालको संविधानले मौलिक हकमै ‘गोपनीयताको हक’ उल्लेख गरेको हो ।
कसैको आग्रह पूर्वाग्रह, कसैको नजिक–टाढा, कसैको आफन्त–पराई, कसैको पक्ष–विपक्ष, कसैको काख–पाखा, सकैको मित्र–शत्रु, कसैको शुभचिन्तक– अशुभचिन्तक, कसैको प्रिय–अप्रिय लगायत आदि इत्यादिलाई गोपनीयताको मुद्दा बनाइनु हुँदैन । अर्थात् यी कुराका आधारमा नजिक र टाढा रहेर गोपनीयता भंग गर्ने कि रक्षा गर्ने ? भन्ने प्रश्नचिह्न खडा गरिनु हुँदैन ।
गोपनीयता सबैका लागि चिन्ता र चासो बढेकै हुन्छ । गोपनीयता आफैमा संवेदनशील कुरा हो । यदि कसैको गोपनीयतामा अपराध लुकेको हुन्छ भने पनि त्यो अपराधलाई पनि नियाल्नु पर्छ र विचार गर्नुपर्दछ । किनभने अपराध पनि दुई किसिमका हुन्छन् । एउटा अपराध क्षमा गर्न नसकिने अक्षम्य अपराध हुन्छ भने अर्को अपराध क्षमा गर्नु सकिने क्षम्य अपराध ।
यदि कसैको गोप्य रूपमा चलेको वा चलाएको अपराधले कुनै व्यक्ति, परिवार, समाज र राष्ट्रलगायत जीउ–धनको समेत सुरक्षामा आँच पु¥याएको छ वा खलल पु¥याएको छ भने त्यस्तो गोपनीतालाई सतह, सडक र समाजमा ल्याउनै पर्दछ । कुनै पनि हालतमा ढाकछोप र तोपताप गर्नु हुँदैन । यदि कसैको गोप्य रूपमा चलेको वा चलाएको क्रियाकलापले ठूलै क्षति वा हानी,
नोक्सानी गर्ने वा गरेको आभाष हुँदैन र गोपनीयता भंग नगर्दा बढी उचित र न्यायसंगत हुन्छ भने त्यसलाई रक्षा गर्ने पर्दछ । किनभने एउटा अवोध प्राणीको या पशुपंक्षीको गोपनीयता रक्षा गर्नको लागि त प्रकृतिले पुच्छर र पखेटालगायत लामा–लामा रौँ र कपालको सृष्टि गरेर यो धर्तीमा पठाएको छ भने हामी र यो जगत्का सर्वश्रेष्ठ चेतनशील प्राणी हौँ ।
हामीबाट कसैको गोपनीयता भंग भयो भने फलानोको यस्तो कुरा सुनियो भन्दा पनि त्यस्तो कुरा सुन्ने वातावरण कसरी तयार भयो ? यो नै प्रमुख विषय बन्दछ । किनभने हरेक व्यक्ति वा शक्ति कुनै न कुनै गोपनीयतामा मुछिएकै हुन्छ ।
यसरी एकले अर्काको गोपनीयता भंग गर्ने होडबाजी गर्ने हो भने भोलिका दिनमा यहाँ कोही पनि अछुतो हुनेवाला छैन । आजको युगमा दूध र घ्यूले स्नान गरेको पशुपतिको शिवलिंग सरह वा नित्य गंगाजलले सेचन गरेको रिडी गण्डकीको सालिग्राम सरह शुद्ध, पवित्र र निष्कलंक कोही पनि छैन । यस्तो अवस्थामा गोपनीयताको हक लागू भएन र गोपनीयता रक्षा भएन भने त्यसको असर के होला ?
हामीले यसको अनुमान गर्ने कि नगर्ने ? नेपालको पछिल्लो राजनीतिलाई जसरी लोकतन्त्र भनेर सम्बोधन गरिएको छ, यो आफैमा संस्कारको राजनीति गर्ने पद्धति र सिद्धान्त हो । संस्कारको राजनीतिक पद्धतिलाई त्यागेर कुसंस्कारको अलोकतान्त्रिक प्रक्रिया अपनाउने हो भने भोलिको भविष्य निकै कष्टकर र चुनौतिपूर्ण हुनेछ ।
अहिले नेपालमा पछिल्लो समयमा जे जसरी गोपनीयता भंग गर्ने गराउने काम भएका छन् ति सबै लहरो तान्दा पहरो गर्जने अवस्थाका छन् । यसले कसैको पनि हित र कल्याण गर्र्दैन । यो न त देख्नेका लागि ठीक छ, न त देखाउनेका लागि । यो न त सुन्नेका लागि ठीक छ, न त सुनाउनेका लागि । यो न त भोग्नेका लागि ठीक छ, न त भोगाउनेका लागि ।
त्यसैले पनि वर्तमान अवस्थामा यो दोषपूर्ण र कपटपूर्ण भंग गोपनीयताको असर निकै दूरगामी देखिन्छ । आज हामी नेपाल र नेपालको भाग्य र भविष्य निर्माण गर्ने अभियानमा छौँ ।

संविधान आफैमा साध्य होइन । यो केवल साधन मात्र हो । यो साधनलाई उपयुक्त ढंगले कार्यान्वयन गर्न सकेको खण्डमा यसको औचित्य पुष्टि हुन्छ । यसको अनुपयुक्त किसिमले कार्यान्वयन गरेको खण्डमा औचित्यहीन पुष्टि हुनसक्छ ।

वर्तमान संविधानको छाती र मुटुमै लेखिएको कुरा के हो भने ‘गोपनीयताको हक’ । यसलाई हामी मौलिक हक पनि भन्ने गर्छौ । गोपनीयताको कुरा गर्दा यससँग मानवका नैतिकता, चरित्रता, संवेदनशीलता, भावुकता, ममतालगायतका कैयौँ साँस्कृतिक कुरा जोडिएका छन् र जोडिएका हुन्छन् ।


आज हामी नेपालको लोकतन्त्र र गणतन्त्र संस्थागत गर्ने र लोकप्रिय बनाउने साधनामा छौँ । आज हामी नेपाली देश र जनताको शान्ति र समृद्धि स्थापित गर्ने जमर्कोमा चर्को र लर्को लागेको अवस्थामा छौँ ।
यस्तो महत्वपूर्ण घडी र अवस्थामा सामान्यभन्दा सामान्य गोपनीयता पनि रक्षा गर्न सकेनौं भने संविधानले हामीलाई गिज्याँउला कि नगिज्याउँला ? एउटा सामान्य क्षम्य अपराध र एउटा सामान्य गोपनीयता कायम गर्न नसक्ने अवस्था र स्थितिमा हामी पुग्यौँ भने बाँकी सारा काम हामीबाट हुनसक्छ भन्ने ग्यारेन्टी के ? संधिवान प्रदत्त अधिकारको समेत पालना र जगेर्ना गर्न सक्दैनौं भने यसलाई कसरी जोगाउन सक्छौँ ?
संविधानलाई बचाउनको लागि त यसको प्राण र ढुकढुकीलाई बचाउने कि न बचाउने ? संविधानको मुटु, संविधानको प्राण र संविधानको आत्मा मौलिक हक नै बज कुण्ठित हुन थाल्दछन् भने अरू अंग–प्रत्यंग चल्न र चलाउन सक्ने हैसियत, तागत र खुशी हामीमा रहला ?
बडो गम्भीर मोडमा देशको रजानीतिक संस्कार अघि बढेको छ । यसको हानी–लाभको हिसाब किताव नै गरी साध्य छैन । यो सबै किन र के का लागि गरिएको छ ? गर्भकै विषय छ । संविधान पढ्दा पढ्दै र संविधान जान्दा जान्दै पनि किन संविधानकै पक्षमा त्रुटी हुँदैछ ।
यो सबै पर्दाभित्रको खेल हो वा पर्दा बाहिरको ? नेपालको पछिल्लो क्रियाकलाप वा गतिविधिले के संकेत गर्दछ भने अब हरेक व्यक्ति गोपनीयता भंगको शृङ्खलावद्ध लाइनमा छन् र एकपछि अर्को गर्दै कुनै न कुनै विषयवस्तु जोडेर वा मोडेर विवादमा तानिन्छन् । समयले कसैलाई चाँडो बाहिर ल्याउँला, कसैलाई ढिलो तर अब कोही पनि छुट्ने छैनन् ? यो संस्कार नेपालमा सुरू भयो ।
यसरी ढिलो वा चाँडो हरेक व्यक्तिको वैयक्तिक गोपनीयता नष्ट र भ्रष्ट गर्दै जाने हो भने भोलिको चित्र निकै भयावह र डरलाग्दो अनुमान गर्न सकिन्छ । किनभने सबैभन्दा ठूलो कुरो भनेको मानवीय संवेदनशीलता हो । त्यो नै नरहेपछि यहाँ के पो बाँकी रह्यो र ?
एकले अर्कोलाई निषेध र माइनस गर्न चाहेमा कोही बच्ने आधार छैन र देखिदैन पनि । किन भने मानव भनेको त्रुटी र कमजोरीको घर पनि हो । हरेकमा कुनै न कुनै कला र क्षमता भएजस्तै हरेकमा कुनै न कुनै गल्ती र कमजोरी पनि हुन्छ ।
त्यही गल्ती र कमजोरीलाई मात्र मुद्दा बनाएर सतह–सडक र समाजमा प्रस्तुत हुन खोज्ने हो भने कसको पो पालो न आउँला र ? सबैभन्दा दुःखको कुरा के भयो भने नेपालको राजनीतिमा सभ्य र संस्कार स्थापित भएन ।
हिजो बिग्रियो कुसंस्कारले, आज बिग्रदै छ कुसंस्कारले र भोलि पनि बिग्रने ठूलो डर छ, यही कुसंस्कार पूर्ण राजनीतिले । तसर्थ राजनीतिमा संस्कारको स्थिति बसाउनु आजको आवश्यकता हो ।
बोल्नेले जति कुरा राम्रा बोले पनि गर्नेले बोली अनुरूपको गर्दैन भने त्यो बोली के काम ? देश र जनताले प्रत्यक्ष भोग्ने भनेको त काम, नाम र दाम हो नि ? बोली कठोर बोल तर कर्म असल र पवित्र गर । यो नै राजनीतिक चरित्र हो । आजको यो चरित्रले पक्कै पनि कसैलाई खुसी तुल्याएको छैन ।
परिवर्तित राजनीति र कार्यान्वयनको सिलसिलामा रहेको नेपालको संविधान २०७२ को मर्म र भावनालाई आँच पुग्ने गरी र ठेस लाग्ने गरी नेपाल र नेपालीको गोपनीयता रक्षा गर्न नसक्नु कुनै पनि हालतमा मानवीय गुण र संवैधानिक हक र अधिकार भित्र पर्दैन ।
त्यसैले संविधानको व्याख्या गर्दै गर्दा र यसको सर्वोच्चता स्थापित गर्नै खोज्दा यसको छाती र मुटुमा प्रहार गर्ने प्रयास हुनु आम नेपालीका लागि दुःखको कुरा हो । व्यक्तिवादी कुराभन्दा पनि राष्ट्रवादी र संविधानवादी कुरा गर्दा समेत पछिल्ला नेपालका घटना अत्यन्त संवेदनशीलतामा आधारित छन् । यसले आज जसलाई पोल्यो–पोल्यो भविष्यमा सबैलाई पोल्ने र डाम्ने काम नगरोस् । चेतना भया …।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here