Tuesday, April 23, 2024
Homeविचारबैगुनी माया

बैगुनी माया

- Advertisement -spot_img

गोविन्द बहादुर बस्नेत

धेरै अगाडिका बुढापाका जानकारहरूले नयाँ युवा पुस्ताहरूलाई व्यवहारिक ज्ञान सिकाउन निमित्त पनि काल्पनिक कथा हाल ज्ञान दिलाउनको लागि भनेका कुराहरू हुन् । आमाको छोराछोरीप्रति कति गाढा मायामोह हुन्छ ? भन्ने यस कथाले झनै प्रष्ट हुनसक्छ भनेर कथाबाट दर्शाएको हो ।
एकागाउँमा एकजना परिवारमा हिरासिं र श्रीमती धनमाया र चार वर्षको छोरा जवरसिं बस्दथे । उनीहरूको सम्पत्तिको नाममा एक रोपनी मात्र पाखोबारी थियो ।
त्यो जग्गाबाट उनीहरूको तीनजनाको ज्यान पाल्न पनि धौं–धौं पर्ने भएकोले घरको सल्लाहबाट धन कमाउन भनि हिरासिं प्रदेशतिर हिडेछ । यता धनमायालाई चार वर्षको छोरा जबरसिंलाई पालनपोषण गरी हुर्काउन धनमायालाई साहुकै ढिकी, जातो मात्र नभई खाना खाएका जुठा भाँडा र कपडा धुन बाध्यता नै थियो ।
हुने कुरालाई दैवले परिवर्तन गर्न सक्दैन भने झैँ धन कमाउन हिडेको हिरासिं गाडी दुर्घटनामा परी मृत्यु भएको खबर आउँदा यता धनमायालाई ब्रजपात परेको महशुस हुन्छ । जस्तो दुःख परेपनि नसहेर नहुने छोरा जबरसिंलाई हुर्काउन उनीलाई एक्लो जिम्मेवारी थपियो । उनी छोरालाई यति माया गर्थिन्, आफ्नो प्राणभन्दा प्यारो आमाको माया ममताले हुर्कदै गई १६ वर्षे लक्का जवान भयो ।
धनमायाले छिमेकी एकजनाकी छोरी चंचली नाम गरेकी केटीसँग छोरा जवरसिंको विवाह गरिदिइन् । बुहारी घरमा भित्र्याएपछि सुख पाउला भन्दाभन्दै बुढी भई दुबै आँखा नदेख्ने भईछन् । आफूले केही गर्न पनि नसक्ने बाहिर–भित्र गराउनु पर्दा अर्कैको सहारा लिनुपर्दा दिक्क लाग्यो ।
नसही नहुने अन्धी सासूलाई स्याहार सुसार गर्न चंचलीलाई झन्झट लागेछ । अनेक बहाना गर्न थाली नखरमाउली चंचलीले एकदिन आफ्नो श्रीमान जबरसिंसँग भनिछ, म बिरामी छु, मुटु दुख्छ, धामीलाई हेराउँदा सासू बोक्सी लागेकी छन् रे ! तिनी बोक्सी सासूको मुटु झिकेर छोएपछि निको हुन्छ रे ! नत्र म मर्छु कसरी मलाई बचाउँछौं बचाउ भनेर चंचली भन्छे, जोइटिङ्ग्रे जबरसिं आमालाई मार्न कोसिस ग¥यो ।
एकदिन आमालाई खाना पु¥याउन आफैं एउटा हातमा खानाको थाली अर्को हातमा धारिलो छुरी समाई भन्यो, लौं आमा खाना खाउ भन्नासाथ छुरीले भुरी चिरी मुटु झिक्यो, त्यो मुटुले जबरसिंलाई भन्छ धन्य छोरा तलाई नौं महिना कोखीमा राखे, जन्माए अथक प्रयास गरी हुर्काए, मेरा दशधारा दूध ख्वाएको बदला तेरै हातबाट छुरी खाई मर्नुप¥यो, छोरा भन्नेको त्यही रहेछ ।
त्यसरी जन्मदिने आमालाई छुरा प्रहार गर्दा तेरो दिल कति दुखेन बाबु मुटुले भन्यो । गाउँमा लास पुग्यो भनी गाउँले छिमेकीले त्यो ज्यानमारा जबरसिंलाई पक्रिन थानाबाट पुलिस बोलाउँछन् ।
पुलिस आई जबरेलाई हातमा हतकडी लगाई कुटपिट गर्न लाग्दा चंचलीले बुढीको मुटु दराजमा राखेकी रहिछे । त्यो मुटुले भन्छ पुलिसलाई नमार नमार त्यो मेरो छोरा हो, जे गरेपनि छोरा नै हो । उसलाई जन्मदिने आमा हुँ । उसलाई दुःख पर्दा मेरो दिल दुख्छ, छाडिदेऊ ।
यसको कुनै दोष छैन भनेको सुनि पक्रने पुलिसहरू आपसमा कुरा गर्छन् । धन्य आमाको मन यस्तो हुँदो रहेछ उनीहरू भन्छन् आमा बावुको माया छोराछोरी माथि छोराछोरीको माया छारा, धुला, ढुंगामाथि भनेको सही हो भन्दै जबरसिंहलाई हतकडी लगाएर थानामा लगेछन् । सबैमा यस्तै होला भन्न सकिदैन, संसारमा यस्ता घटना देखिन्छन् ।
जसले जन्म दिन्छ, कठोर परिश्रम गरी छोराछोरीलाई हुर्काउँछ तिमी आमाबाबुलाई भगवानजस्तै मान्नु पर्नेमा रूदै–रूदै बुढाबुढीहरूलाई बृद्ध आश्रम पठाउने कुवंशी छोराछोरीदेखि धिक्कार भन्न मन लाग्छ, तिनै चण्डालहरूलाई मेरो तर्फबाट मुरी–मुरी कोखे नजर बायाँ हातको छड्के सलाम ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here