Friday, April 26, 2024
Homeफिचरउल्लासमय बनोस् दसैँ, टिका साइत १०ः३५ मा

उल्लासमय बनोस् दसैँ, टिका साइत १०ः३५ मा

- Advertisement -spot_img

घोराही, १८ असोज ।
हिन्दुहरूको महान पर्व दसँै घर आँगनमा भित्रिएको छ । घटस्थापनाको दिन राखिएको जमारा दसैँको लागि तयारी अवस्थामा छन् । यो समयमा घर–घरमा मासुको लागि आवश्यक पर्ने खसी, बोका र कुखुराहरू तयारी अवस्थामा राखिएका छन् । दसैँको लागि किनमेल गर्न आउनेहरूको भिड पनि कम्ती छैन बजारमा ।
गत वर्षको तुलनामा यो वर्षको दसैँमा आवश्यक पर्ने खाद्यान्न सामग्रीहरूको अभाव भने देखिएको छैन् । नियमित अनुगमनको कारण पनि उपभोक्ताहरूले कालोबजारीको मार खेप्नुपरेको छैन् । दसैँको लागि आवश्यक पर्ने मैदा, पिठो र तेल गृहणीहरूको माग अनुसार पाउन सकेका छन् ।
घोराहीका किराना पसलहरूमा तेल, पिठो मैदा किन्नेहरूको लामो लस्कार छ । दसैँको लागि भनेर कपडा किन्नेहरूको भिड पनि कम छैन् । टाढा–टाढा घर भएका दसैँ मान्न जानेहरू यात्रीहरू घण्टौ लगाएर सवारी साधानहरूलाई पर्खिरहेका छन् । हिन्दुहरूको महान पर्व दसैँ हो । सबैजना यतिबेला दसँै मनाउने तयारीमा छन् ।


टिका साइत १०ः३५ मा

यस वर्षको दसैँको टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दसैँको घटस्थापनादेखि विजयादशमीसम्मको साइत निर्धारण गरेको हो । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले विजयीदशमीको दिन देवी बिसर्जन गर्ने साइत भने २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिएका छन् ।
यस्तै १८ गते फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेटको लागि तय गरिएको अध्यक्ष गौतमले जानकारी दिए । १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुनेछ । २० गते महानवमी र २१ गते विजयादशमी रहेको छ ।


सिमेन्टले प्लष्टर गरिएको घरहरू रंगीएका छन् भने कच्ची घरहरू राता माटो र कमेरोले पोतिएका छन् । दसँैमा सामानहरू किनमेल गर्न आउनेहरूको ठूलो जमात छ । दसैँमा अचार राख्नको लागि घोराहीका चोक–चोकमा प्रशस्त काक्रा बेच्नको लागि राखिएका छन् भने किन्नको लागि पति उत्तिकै भिड छ ।
चोक–चोकहरूमा सामान किन्न आउनेहरूको मेला लागेको छ । ‘वर्षको दिनको दसैँ हो, हाँसी खुशीका साथ मनाउनुपर्छ । फेरी अर्को वर्ष यस्तो माहोल मिल्ने हो कि होइन्’ घोराहीकी शुष्मा परियारले भनिन् ‘दसैँको लागि सबै सामानहरू किनिसके । दसैँको लागि किनेको सामानहरू गत वर्षको तुलनामा सहज भएको उनले महसुस गरिन् ।
सैँको लागि भनेर उनले पाँच किलो मैदाले फिनी रोटी पकाउनको लागि रामपुरकी रमिला न्यौपानेले किनिन् । दसैँको लागि उनी सेलरोटी, फिनी रोटी पकाउने योजनामा छिन् । वर्ष दिनको पर्व हो, दसैँको आशीर्वाद लिनको लागि घरमा धेरै पाहुनाहरू आउँछन्, टिका लगाएर आशीर्वाद दिईसकेपछि मिठा–मिठा पकाएर खुवाउने चलन छ’ उनले भनिन् ।
हरेक वर्षमा आफन्तहरूलाई टिका लगाएर नयाँ नोट दक्षिणाको रूपमा दिन गरेका घोराहीका महेश न्यौपानेले यो वर्ष नयाँ नोटले दसँै मनाउन लागेका छन् । उनले दश रूपैयाँदेखि सय रूपैयाँसम्म दक्षिण स्वरूप नयाँ नोट बैंकबाट साटेर लिएका छन् । दसैँमा टिका थाप्न आउने आफन्तहरूलाई रातो टिका र जमरासँगै सकेजति नयाँ नोट दक्षिणाका रूपमा दिने गरेको थिए, यो दसैँमा पनि मिठा–मिठा परिकारसँगै नयाँ नोट दक्षिणाको रूपमा दिने योजना छ’ उनले भने । दसैँको साइतमा आमाबुवा र अग्रजहरूसँग टिका थाप्ने र आशीर्वाद लिएर त्यहि दिन ससुरालीमा जाने तयारी गरिरहेका छन् उनी ।
यो पर्वमा मासुलाई विशेष प्राथमकिता दिइने हिन्दु धर्मालम्वीहरू बढी प्रचलनमा छ । १० दिनसम्म मनाईने दसैँमा धेरैजसोको अन्य खानपिनको तुलनामा चिन्ता हुने भनेको मासुमा हो । अन्य पर्वको तुलनामा धेरै दिन मर्नाइने दसँै पर्वमा अन्य खानेकुराको तुलनामा कति मासु घरमा भित्र्याउने होला भनेर सोच्ने विषय बनेको छ । दसँैमा मासुकै लागि भनेर बली हान्ने चलन छ । अन्य दिनको तुलनामा दसैँको अवसरमा यतिबेला बध गर्ने क्रम बढिरहेको छ । गाउँघर तथा बजारमा सामूहिक रूपमा राँगा, भैसी, खसी बध गरेर दसैँभरी पुग्ने गरी एकैपटक मासु भित्र्याउने गरिरहेका छन् ।
दसैँको खानामा धेरै मासुको प्रयोग हुने हुँदा सबैभन्दा पहिलो नम्वरमा स्वस्थ मासु (कुखुरा, खसी, राँगा, बंगुर) छान्नुपर्ने सर्जन डा जर्नादन पन्तले बताए । मासुमा जथाभावी प्रयोग (स्वस्थ र अस्वस्थ मासुको मिसावट) गर्न नहुने, मासुमा मासुको रङभन्दा फिक्का रङ देखिएमा र नमिठो गन्ध आउने मासु स्वास्थ्यको लागि हानीकारक हुने उनले बताए । ‘पशु वध गर्ने स्थान दूषित हुने सम्भावना हुने हँुदा उपभोक्ताहरूले मासु सफा सुग्घर र ताजा तथा स्वस्थ छ कि छैन भनेर विचार गर्नुपर्छ’ उनले भने ।
मासुलाई राम्रोसँग पकाएर खान नागरिकहरूलाई उनले सल्लाह दिएका छन् । पोलेको मासु रूचाउने मानिसहरूले पहिले राम्रोसँग उमालेर, पोलेर वा सेकुवा बनाएर खाएमा स्वास्थ्यलाई हानी नगर्ने उनले जनाए । दसैँमा सकेसम्म ह्यावी खाना (मासु, माछा, मसला, चिल्लो, रोटीजस्ता परिकार) नखान उपभोक्ताहरूलाई सुझाव दिएका छन् । पर्वमा अन्य दिनको तुलनामा शारीरिक व्यायाम नहुने हुँदा पाचन प्रक्रियामा समस्या हुने बताउँदै फुड प्वाईजन, झाडापखाला हुने बताए । पर्वमा फलफुल खाएमा पनि स्वास्थ्यमा फाइदा पु¥याउने हुँदा फलफुल खान पनि सुझाव दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here