Monday, April 22, 2024
Homeफिचरउत्पादनशील क्षेत्रमा लगानी गर्न जोड

उत्पादनशील क्षेत्रमा लगानी गर्न जोड

- Advertisement -spot_img

विभिन्न सहकारीको साधारण सभा
घोराही, १२ असोज । उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उत्पादनशील क्षेत्रको पहिचान गरेर लगानी गरे मात्र सफल सहकारी हुने बताएका थिए ।
घोराहीमा आयोजना गरिएका विभिन्न सहकारी संस्थाहरुको सहभागीहरुले उत्पादनशील क्षेत्रमा लगानी गर्न जोड दिएका हुन् । नमस्ते बचत तथ ऋण सहकारी लिमिटेडको १९औँ वार्षिक साधारण सभामा सहभागीहरुले ऋण लगानी गर्दा ऋण मागकर्ताहरुको ऋण तिर्ने क्षमता पहिचानमा आयश्रोतको अवस्था विश्लेषण गर्नुपर्ने सुझाव दिएका थिए ।
ऋण मागकर्ताहरुले उद्देश्य अनुसारको लगानी सही सदुपयोग हुन्छ कि हँुदैन ? भन्ने विषयमा ध्यान दिन सुझाव दिएका थिए । संस्थाका अध्यक्ष अञ्जन कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक सरोकार मञ्चका अध्यक्ष भुपाल गिरीले उत्पादनमुखी सहकारीमा लगानी गर्न सुझाव दिएका थिए ।
जनताको हित र आर्थिक समृद्धिको लागि उत्पादनमुखीमा लागनीमा योजना बनाउन सुझाव दिए । ‘लगानीबाट ब्याज खाएर सहकारी चलाउने होइन्’ उनले भने ‘उत्पादनमुखीमा लगानी लगाएर समृद्ध हुने हो ।’ नाफाभन्दा संस्थाको विश्वसनीयता कमाउन जोड दिएका थिए ।
बचत उठाउने र लगानी लगाउने मात्र काम नभएर सहकारी सदस्यहरुको आर्थिकस्तरमा सुधार आयो कि आएन् भनेर सोच्नुपर्ने बताए । आर्थिक अनुशासन, दक्ष कर्मचारी र लगानी गर्ने स्थानलाई विशेष ख्याल गर्न सुझाव दिए ।
प्राध्यापक निर्मल देवकोटाले सहकारीको व्यवस्थापनलाई ध्यान दिन सुझाव दिएका थिए । वर्षमा एक पटक सधारणसभा मात्रै नभएर समय–समयमा शेयर सदस्यहरुले सहकारीको व्यवस्था र सेवाको बारेमा ध्यान दिन सुझाव दिएका थिए ।
कार्यक्रममा बाल बचत अनुजा श्रेष्ठ र सिदार्थ घर्तीलगायतलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा सफल व्यवसायी विष्णुप्रसाद सुवेदी, शेयर सदस्यहरु मदनकुमार आचार्य, हरिप्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सचिव ईन्द्रबहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शंकर शर्माले आर्थिक प्रगती विवरण प्रस्तुत गरेका थिए । उपाध्यक्ष विक्रम कुँवरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव ईन्द्रबहादुर वुढाथोकीले गरेका थिए ।

साझेदारी बचत सहकारीको १७औं साधारण सभा

त्यसैगरी साझेदारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा घोराहीमा भएको छ । संस्थाकी अध्यक्ष सुशीला आचार्यको अध्यक्षतामा भएको कार्यक्रमकी प्रमुख अतिथि घोराही उपमहानपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले सहकारी संस्था बचत गर्ने थलो मात्रै नभई उत्पादनमुखी बन्नुपर्नेमा जोड दिएकी थिईन् । नागरिकमा बचत गर्ने बानीको विकाससँगै बचत रकमबाट उत्पादनमा लगानी गरेर लाभ लिन सक्ने बन्नुपर्ने बताईन् ।
उत्पादनशील क्षेत्रको पहिचान गरेर आर्थिक उन्नती गर्न सकिन्छ भन्ने भावना जगाउन सहकारी लाग्नुपर्ने बताइन् । सहकारीको संख्या अहिले अत्यधिक रहेकाले उनीहरुको क्षमता पनि संख्या बढेसरह हुनुपर्ने भएकाले मर्जको आवश्यकता भए त्यसतर्फ पनि सोच्न आग्रह गरिन्  ।
जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले छरिएर रहेका पैसालाई एकीकरण गरेर नागरिकहरुको जीवनस्तरमा सहयोग गरेको बताएका थिए ।
संस्थाका उपाध्यक्ष मोतीलाल केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवीबहादुर डिसी, जलजला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तिलकुमारी बुढा,
राप्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतबहादुर बुढाथोकी, राष्ट्रिय सहकारी बैंकका तालिम प्रशिक्षक नारायण बेल्वासे, जिल्ला बचत तथा सहकारी संघका सचिव विमल अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साझेदारी बचत तथा ऋण सहकारी संस्थाका सचिव निरज गौतमले सचिवको प्रतिवेदन, निश्चल आचार्यले कोषाध्यक्षको प्रतिवेदन तथा महेश देवकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राप्ती विकास सहकारीको १३औं साधारण सभा

यसैबीच राप्ती विकास बचत तथा ऋण सहकारी संस्था घोराहीको १३औँ बार्षिक साधारणसभा भएको छ । सहकारी संस्थाका अध्यक्ष धनीराम न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक किरण केसीको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।
वार्षिक साधारणसभा संस्थाका कोषाध्यक्ष नारायणप्रसाद पौडेलले आर्थिक आय–ब्यय तथा सचिव कुलराज चौधरीले साँगठिक प्रतिवेदन एवं लेखासमिति सदस्य खडानन्द खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका सदस्य तिलक पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीमार्फत् बचत गरी जीवनस्तर बदल्न सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा असल बचतकर्ता छविलाल चौधरी र नारायणप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।
यस्तै अशल ऋणीतर्फ शान्ता नेपाली र कुमार चौधरीलाई सम्मान गरिएको थियो भने शेयर सदस्यलाई लाभांस वितरण गरिएको थियो । साधारणसभाको सहजीकरण सस्थाका सचिव कुलराज चौधरीले गरेका थिए ।

शिबालिक साकोसको १३औं साधारणसभा

यसैबीच शिबालिक बचत तथा ऋृण सहकारी संस्था लिमिटेड तुलसीपुरको १३औँ वार्षिक साधारणसभा शनिबार तुलसीपुरमा भएको छ । संस्थाका अध्यक्ष विजय कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का अध्यक्ष एवं
उपमहानगरका सहकारी संयोजक टोपबहादुर केसीले शिबालिक साकोस सानो र शेयर सदस्य थोरै भए पनि सहकारी क्षेत्रमा देखापर्ने विभिन्नखाले उतारचढावका बाबजुद ऋण प्रवाहमा जोड दिनुभन्दा पनि सदस्यहरुलाई अधिकतम बचत गर्ने बानीको विकास गराउँदै अघि बढ्न आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि दाङ जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रूपबहादुर खत्रीले शिबालिक साकोसले सहकारी मूल्य, मान्यता र सिद्धान्तको अधिकतम पालना गरी आफ्नो अलग पहिचान कायम गर्दै अगाडि बढिरहेकोमा खुशी व्यक्त गरे ।
साथै उनले आउँदा दिनहरुमा यस संस्थाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्दै दिगो विकास लक्ष्य प्राप्तीका लागि गुणात्मक पक्ष अझ मजबुद बनाउँदै लग्नुपर्नेमा जोड पनि दिए ।
संस्थाका सञ्चालक समिति सदस्य छविलाल न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संस्थाको वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष तुफानबाबु श्रेष्ठले तथा वार्षिक प्रगती विवरण महासचिव देव बहादुर केसीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बस्नेत, शेयर सदस्य कुशल तर्ताल र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता टंक बहादुर बस्नेत र बिष्णु कुमारी केसीलाई नगद, प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सञ्चालक समितिका सदस्य दिपेश भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here