Monday, April 22, 2024
Homeफिचरखसी बोकाको मूल्य निर्धारण

खसी बोकाको मूल्य निर्धारण

- Advertisement -spot_img

दाङ, ११ असोज । दाङमा चाडपर्वलाई मध्यनजर गर्दै खसी, बोकाको मूल्य निर्धारण गरिएको छ । खरिद समितिको बैठकले नयाँ मूल्य निर्धारण गरेको हो । उद्योग वाणिज्य संघ र कर्मचारीहरुको मूल्य अनुगमन र सल्लाहले नयाँ मूल्य निर्धारण भएको समितिले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पछिल्लो समय खसी, बोकामा भएको मूल्य वृद्धिलाई लक्षित गर्दै तौलको आधारमा मूल्य निर्धारण गरेको हो । गत भदौ ९ गते प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको संयोजकत्वमा बसेको तीन सदस्यीय खरिद समितिले चाडपर्वलाई मध्यनजर गर्दै खसी, बोकाको मूल्य तय गरेको सदस्य सचिव तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख माधव मिश्रले जानकारी दिए ।
उनका अनुसार २५ केजीभन्दा माथिको जिउँदो खसीको प्रति केजी ५ सय ३५ रूपैयाँ मूल्य निर्धारण गरिएको छ । त्यसैगरी २० देखि २५ केजीसम्मका खसीको प्रतिकेजी ५ सय १० रूपैयाँ निर्धारण गरिएको छ । त्यसैगरेर १६ केजीदेखि माथिको बोकाको मूल्य प्रतिकेजि ५ सय १० रूपैयाँ निर्धारण गरिएको छ ।
दशैँ, तिहारको समयमा खसी, बोकाको कारोवार धेरै हुने र मनपरी मूल्य निर्धारण गरी बिक्री वितरण गर्ने भएकाले किसान र उपभोक्तालाई लक्षित गरी मूल्य तय गरिएको प्रमुख मिश्रको भनाइ छ ।
मिश्रका अनुसार बिक्री वितरणका लागि बोकाको न्यूनतम तौल १६ केजी हुनुपर्नेछ छ भने खसीको न्यूनतम तौल २० केजी हुनुपर्नेछ । ‘चाडपर्वको समयमा खसी, बोकाको माग धेरै हुन्छ तर मासु पुग्दैन,
उनले भने ‘मनपरी कारोवार हुने भएकाले त्यसलाई नियन्त्रण गर्न मूल्य निर्धारण गरेका हौँ, यसले किसानहरुलाई थप राहत प्रदान गर्ने छ ।’ मीश्रले कम्पनीले बजार मूल्यभन्दा प्रतिकेजी १० रूपैयाँको दरले सहुलियतमा बिक्री गर्ने बताए ।

पाँचसय खसी, बोका काठमाडौं पठाइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले दाङबाट पाँच सय खसी, बोका काठमाडौँ निर्यात गर्ने भएको छ । कम्पनीले यसपालिको दशैँ र तिहारलाई मध्यनजर गर्दै जिल्लामा खरिद गरिएका खसी, बोकाहरु असोज १२ गते साँझदेखि काठमाडौँ पठाइने प्रमुख मिश्रले जानकारी दिए ।
कम्पनीले तुलसीपुरबाट १ सय र रिहारबाट ४ सय गरी जम्मा ५ सय खसी, बोका खरिद गर्न लागेको छ । ‘स्थानीय उत्पादन र महिलाहरुको उद्यमशीलतालाई प्राथमिकतामा राखी हामीले रिहारबाट खरिद गर्ने भएका छौँ’ उनले भने ‘त्यहाँ नपुगेका खसी, बोका तुलसीपुरबाट खरिद गरी पठाउने तयारी भएको हो ।’
पशु चिकित्सकद्वारा स्वास्थय परीक्षण गराएर मात्रै खसी, बोका खरिद गरिने छ । निर्यात गर्ने बताउँदै उनले भ्याटसहित प्रतिगोटा ६ सय ९५ रूपैयाँ ढुवानी दर तय गरिएको जानकारी दिए ।
असोज १२ र १३ गते रिहारबाट र १४ गते तुलसीपुरबाट खसी, बोका पठाउने तयारी भएको उनले बताए । यसका लागि तुलसीपुर उद्योग वाणिज्य संघ, घोराही उद्योग वाणिज्य संघ, कम्पनीका कर्मचारी र पशु चिकित्सकहरुको छलफलसमेत भएको थियो । उनका अनुसार १ पटक २ सय वटा खसी, बोका पठाइने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here