Friday, April 26, 2024
Homeफिचरसंघले रामचन्द्र पौडेलसँग अन्तरक्रिया गर्ने

संघले रामचन्द्र पौडेलसँग अन्तरक्रिया गर्ने

- Advertisement -spot_img

तुलसीपुर, ८ असोज ।
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रजातान्त्रिक उद्यमी व्यवसायी संघ तुलसीपुरले अन्तरक्रिया गर्ने भएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन दाङ आएका नेता पौडेलसँग शुक्रबार विहान साढे ७ बजे संघको कार्यालयमा (काँग्रेस क्षेत्रीय कार्यालय) अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको संघका अध्यक्ष जनकप्रसाद खरालले बताए ।
व्यवसायी र पार्टीको सम्बन्ध सुधार गर्न र वर्तमान राजनीतिको अवस्थाको बारेमा समेत अन्तरक्रिया गरिने भएको छ । संघले पौडेलसँगको अन्तरक्रियामा सहभागी हुन सम्पूर्ण व्यवसायी, पार्टी कार्यकर्ता सबैलाई उपस्थितिका लागि आग्रह गरेको छ । यसैबीच दिउँसो दंगीशरण गाउँपालिकाको श्रीगाउँमा आमसभा कार्यक्रमको आयोजना गरिएको र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको दाङ काँग्रेसले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here