Sunday, May 19, 2024
Homeफिचरतीजका गीतमा ‘प्रेमविवश’

तीजका गीतमा ‘प्रेमविवश’

- Advertisement -spot_img

नेपाली गीत, संगीत क्षेत्रमा प्रेमविवश घर्ती छोटो समयमै नेपाली गीत, संगीतमा चर्चा कमाएको नाम हो । प्रेमविवशले पछिल्लो समय तीजका गीतसँगै अन्य लोकगीतका एल्बमहरु पनि बजारमा ल्याइरहेका छन् । ‘दामी–दामी मैयाको झक्कास झक्कास नाचो’ बोलको तीजको गीतसँगै उनका पछिल्ला तीजका गीतहरु चर्चामा छन् ।
२०६२ सालमा रेडियो नेपालमा स्वर परीक्षामा सफल भएपछि प्रेमविवशको गीत संगीतको यात्रा शुरुवात भएको थियो । गीत, संगीतमा १४÷१५ वर्षको अनुभवमा केहि तीता, केही मिठा पलसँगै आज लाखौँ श्रोताको ढुकढुकी बन्न सफल भएका छन् ।
करिब तीन दर्जन नेपाली गीतमा आवाज दिइसकेका उनको साँगीतिक यात्रा सफल बन्दै गएको छ । उनले गाएका गीतले बजारमा अहिले चर्चा पाउन थालेको छ ।
गायक प्रेमविवशका अन्य गीतभन्दा तीजका गीत बढी भएको गायक स्वयम्ले स्विकार गर्छन् । ‘मैले गीतमा स्वर दिन थालेको २०६३ सालबाट हो, गीत संगीतको यात्रामा २०७१ सालमा तीजको गीतमा आवाज दिएको थिएँ, त्यसपछि मेरा तीजका गीतले मलाई उचाईमा पु¥यायो’ उनले भने
‘अहिलेसम्म करिब ३ दर्जन बढी गीतमा आवाज दिएको छु तर ती मध्येबाट तीजका गीतले बढी उचाइमा पु¥याउन सफल भएका छन् ।’
दाङको शान्तिनगर गाउँपालिका–३ मा जन्मिएर तुलसीपुरमा बस्दै आएका गायक प्रेमले स्वरवद्ध गरेका गीतहरु
‘दामी–दामी मैयाको झक्कास झक्कास नाचो’ बोलको तीजको गीत, हाम्रो नेपालमा राम्रो नेपालमा स्वदेश गीत, छोटो–छोटो चोली, ‘भयो माया भयो’ लगायतका गीतहरु बजारमा चर्चामा छन्
भने पछिल्लो समय यसैवर्षको हरितालिका तीजलाई मध्यनजर गर्दै ‘खुट्टी हल्लाईदेउ’ बोलको गीतले बजार नै हल्लाएको छ अर्थात् श्रोता तथा दर्शकको मन जित्न सफल भएको छ ।
उमेरको हिसावले करिब तीन दशक बढी भइसकेका प्रेमले स्वर दिएका तीजका गीत प्राय चर्चामा छन् । सानै उमेरमा गीत संगीतको बजारमा राम्रै चर्चा कमाउन सफल उनले करिब १८ वर्षमै गीत गाउन शुरु गरेका हुन् ।
सानो उमेरमा भलिबल खेल्न रुचि राख्ने गायक प्रेमविवश सञ्चार माध्यमको विकासक्रमसँगै गीत, संगीतमा लागेको अनुभव सुनाए । ‘सानोमा हुँदा भलिबल भनेपछि भुतुक्कै हुने मान्छे हुँ,
तर अहिले गीत, संगीतमा लागेको छु, सायद गीत, संगीतमा नलागेको भए म अहिले खेलाडी हुन्थेहोला’ उनले भने ‘भाग्यको खेल भनौँ या आफ्नो कर्मको फल भनौँ अहिले म यो क्षेत्रमा लागेको छु, राम्रै छ यो क्षेत्रमा पनि ।’
गायक प्रेमविवश अन्य समयभन्दा पनि तीज पर्व नजिकै गर्दा अलि बढी व्यस्त हुने गरेका छन् । तीजका गीतमा चर्चा कमाएका उनले तीज पर्व नजिकिदा देश तथा विदेशमा स्टेज कार्यक्रममा बढी व्यस्त हुने गरेका छन् ।

‘मैले स्वर दिएका तीजका गीतले बजार राम्रै चर्चा पाएका कारण त होला मेरो माग तीजका गीत गाउनका लागि बढी हुने गरेको छ, अन्य समयमा पनि व्यस्त नै भइन्छ तर अन्य समयको तुलनामा तीजका गीतमा अलि बढी समय दिने गरेको छु’ उनले भने
‘तीज कार्यक्रमकै लागि अबको केहि दिनपछि नै भारतको गोहामा जाँदैछु, नेपालका पनि विभिन्न ठाउँबाट कार्यक्रम कै लागि बोलाउनुभएको छ, बढी गरेर देश बाहिरका कार्यक्रममा व्यस्त छु ।’

गीत, संगीतको यात्रा ?

आजभन्दा १४ वर्ष अघि गायक प्रेमविवश घर्तीको गीत, संगीतको यात्रा शुरु भएको हो । त्यो समयमा अहिलेको जस्तो प्रविधिको विकास पनि भएको थिएन् । त्यो समयमा उनले गीत सुन्नलाई क्यासेट किन्नु पथ्र्यो अहिलेको जस्तो मेमोरी, मोवाईलको विकास भएको थिएन् ।
२०६२ सालतिर हो उनले जब एसएलसी दिए, त्यसबेलामा उनले रेडियो नेपालमा स्वर परिक्षण हुन्छ भन्ने कतैबाट थाहा पाएपछि सिंहदरबारभित्र रहेको रेडियो नेपालमा छिरे र स्वर परीक्षामा पास पनि भए ।
स्वर परीक्षामा पास भएपछि उनले ‘कर्णालीको लामो पुल दाङको धारापानी र हे मैच्याङ बोलको गीत गाउन सफल भए । सानो क्यासेट प्लेयरमा अरुका गीत सुन्दै रमाउने उनले आफ्नै गीत गाउन पाएपछि गीत,
संगीतको यात्रा शुरुवात भयो र अहिले गायक बन्न सफल भएका छन् । उनले ‘हाम्रो नेपालमा राम्रो नेपालमा’ बोलको राष्ट्रिय गीतमा राष्ट्रिय अवार्डसमेत पाइसकेका छन् । वि.सं. २०७५ सालमा सुन्दरादेवी राष्ट्रिय अवार्ड जित्न सफल भएको उनले बताए ।
‘नाम र दाम दुबै कमाएकै जस्तो लाग्छ, सबैभन्दा आफूले गर्ने पेशामा सन्तुष्ट हुनुपर्छ, म पनि अहिले सन्तुष्ट नै छु’ उनले भने । गायक प्रेमविवश गीत, संगीतसँगै सञ्चार क्षेत्रमा समेत जोडिएका छन् । वि.सं. २०६४ सालमा रेडियो मध्यपश्चिमबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका गायक प्रेम अहिले रेडियो हाम्रो पहुँच तुलसीपुरमा कार्यरत रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here